×

योजना आयोगलाई अनुसन्धानमा आधारित नीति निर्माण केन्द्रका रूपमा सुदृढ बनाइन्छ : उपाध्यक्ष भट्ट

खालीपाना न्युजडेस्क | २ हप्ता अगाडि

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिको सोमबार बसेको बैठकमा राष्ट्रिय योजना आयोगसँग आर्थिक वर्ष २०८२÷८३ मा आयोगबाट सम्पन्न भएका मुख्य कामकारबाही, १६औँ आवधिक योजनाको कार्यान्वयन अवस्था, मध्यकालीन खर्च संरचनाको कार्यान्वयन तथा राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनासहित विकास आयोजनाहरूको प्रगति सम्बन्धमा छलफल गरिएको छ ।

बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.गुणाकर भट्टले समितिबाट उठाइएका विषयमा आयोगले १० दिनभित्र लिखित जवाफ पेश गर्ने जानकारी दिए । समितिको निर्देशनअनुसार आवश्यक विवरण तयार गरी पेश गरिने उनले बताए ।

उनले भने, ‘१० दिनभित्र राष्ट्रिय योजना आयोगले समितिमा उठेका कुराहरु लिखित रुपमा यो समितिमा प्रस्तुत गर्नुपर्ने निर्देशन नै आइसकेको छ । आफैंले पनि सोचेका थियौं अर्थसमितिसँग यो विषयमा छलफल गर्ने । राष्ट्रिय योजना आयोगको भूमिकाको विषयमा कतिपय कुराहरु समितिबाट पनि आएका छन् ।’

उपाध्यक्ष भट्टले आयोगले पनि अर्थ समितिसँग यिनै विषयमा विस्तृत छलफल गर्ने तयारी गरिरहेको उल्लेख गर्दै समितिबाट आयोगको भूमिकासम्बन्धी विभिन्न सुझाव प्राप्त भएको बताए ।

उनले राष्ट्रिय योजना आयोग हाल तीन प्रमुख क्षेत्रमा आफ्नो भूमिका निर्वाह गरिरहेको बताए । सरकारले तर्जुमा गर्ने नीतिमा अनुसन्धानमा आधारित सहयोग प्रदान गर्ने संस्थाका रूपमा आयोगलाई थप सुदृढ बनाउँदै लैजान आवश्यक रहेको उनले बताए ।

यसका लागि विभिन्न मन्त्रालयसँग निरन्तर समन्वय भइरहेको र सम्बन्धित क्षेत्र हेर्ने आयोगका सदस्यहरूले मन्त्रालयसँग नीतिगत विषयमा सहकार्य गरिरहेको उनले जानकारी दिए ।

उनले भने,‘आयोग अहिले तीनवटा कुरामा भूमिका खेलिरहेको छ । जसमा स्वभाविक रुपमा सरकारको एउटा महत्वपूर्ण नीति अनुसन्धानमा सहयोगीको भूमिकामा राष्ट्रिय योजना आयोगलाई सुदृढ बनाउँदै जानुपर्नेछ । त्यसका लागि विभिन्न मन्त्रालयहरुसँग अहिले पनि समन्वय गरिनै रहेका छौं । विभिन्न मन्त्रालयहरुसँग सम्बन्धित नीतिमा हाम्रो ततक्षेत्र हेर्ने मान्यज्यूहरुले समन्वय गरिरहनु भएको छ ।’

डा. भट्टले आयोगले नागरिक र विज्ञहरूसँगको संवादलाई पनि प्राथमिकतामा राख्दै विभिन्न माध्यमबाट छलफलको प्रक्रिया सुरु गरिसकेको बताए । आगामी दिनमा यसलाई अझ प्रभावकारी रूपमा अघि बढाइने उल्लेख गर्दै उनले नागरिक र विज्ञहरूसँगको सहकार्यले अनुसन्धानमा आधारित गुणस्तरीय नीति निर्माणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।

उनले भने, ‘हामीले नागरिकसँग पनि संवाद गर्ने, विज्ञहरुसँग पनि संवाद गर्ने व्यवस्था केही हिसावबाट सुरु गरिसकेका छौं । अझ यसलाई महत्वका साथ अगाडि बढाउँछौं। राष्ट्रिय योजना आयोग नागरिकसँग, आयोगका विज्ञहरुसँग अगाडि बढ्ने त्यसले नीति निर्माण गर्न साथै अनुसन्धानमा आधारित बेस्ट पोलिसी बनाउनका लागि त्यो महत्वपूर्ण हुन्छ । आयोग मुलुकको दिर्घकालीन सोच तय गर्ने एउटा महत्वपूर्ण संस्था हो । यो संस्था सुदृढ हुनुपर्छ ।’

उनले आयोग मुलुकको दीर्घकालीन विकास सोच निर्धारण गर्ने महत्वपूर्ण संस्था भएकाले यसलाई अझ सक्षम, सुदृढ र प्रभावकारी बनाउँदै लैजानुपर्ने आवश्यकता औँल्याए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.