×

गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ : सांसद महर

खालीपाना न्युजडेस्क | ४ महिना अगाडि

काठमाडौं । नेकपा (एमाले) का सांसद ऐनबहादुर महरले गणेश नेपालीको मृत्यु प्रकरणमा सरकारको कडा आलोचना गरेका छन् ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै महरले आफू वीर अस्पतालबाट प्रत्यक्ष अवस्था अवलोकन गरेर सदनमा पुगेको बताए । उनले अस्पतालको अवस्था अत्यन्त भावविह्वल रहेको उल्लेख गर्दै सर्वसाधारणका लागि त्यहाँको दृश्य निकै पीडादायी भएको बताए ।

उनले भने, ‘म भर्खरै वीर अस्पतालबाट अलि ढिलो गरिकन सदनमा उपस्थित भएको छु । वीर अस्पतालको दृश्य हेरिसक्नु छैन सभामुख महोदय । त्यहाँ जो कोही सामान्य मान्छेले वीर अस्पतालमा अहिले जाने स्थिति पनि छैन, हेरिसक्नु पनि स्थिति छैन। असाध्यै त्यहाँ भावविह्वल परिस्थिति बनेको छ।’

महरका अनुसार उपचारका क्रममा मुगुका २५ वर्षीय गणेश नेपालीको निधन भएको हो । उनले मृतकका परिवारलाई भेट्नसमेत कठिनाइ भएको तथा हालसम्म शव परिवारलाई जिम्मा नदिइएको भन्दै असन्तुष्टि व्यक्त गरे । अस्पताल परिसरमा कडा सुरक्षा व्यवस्था गरिएकोप्रति पनि उनले आपत्ति जनाए ।

उनले भने, ‘मैले धेरै घटना यहाँ दोहोर्याइरहनु परेन। मुगुका २५ वर्षीय गणेश नेपालीको अहिले उपचारको क्रममा निधन भएको छ। र विडम्बना त के, दुखको कुरा त के भने, हिजोदेखि परिवारलाई पनि खासगरीकन भेट्न नदिइएको रहेछ त्यहाँ बुझ्दाखेरि, परिवारका आफन्तहरुसँग, आफन्तजनहरुसँग भेट्दाखेरि। र, अहिलेसम्म लास पनि हस्तान्तरण गरेको छैन। प्रहरीले कडा सुरक्षा दिएर, त्यो मानौँ ठूलै अपराध गरेर आएको जसरिकन त्यहाँ चाहिँ त्यो लास राखिएको छ। यो बडा दुखद छ।’

उनले सरकारमाथि ‘स्टन्ट’ गर्ने प्रवृत्ति त्याग्न आग्रह गर्दै नागरिकलाई आत्मदाहजस्तो चरम कदम चाल्नुपर्ने अवस्था सिर्जना हुनु राज्यका लागि गम्भीर विषय भएको बताए । पछिल्लो समय सुकुम्बासीलगायतका नागरिकलाई सरकारले निराशा र चरम पीडामा धकेलेको उनको आरोप थियो ।

उनले भने, ‘हिजो अघि त्यहाँ केही मान्छेहरुले भन्दै हुनुहुन्थ्यो, हिजो रातभरी त्यहाँ गृहमन्त्री आउनुभो, चाहिँ यहाँ बस्नुभो भन्दै हुनुहुन्थ्यो। म भन्न चाहन्छु सरकारलाई, अघि पूर्ववक्ता माननीयले पनि यहाँ धेरै कुरा राखिसक्नुभएको छ। स्टन्ट गर्ने बानी सरकारले छोड्न पर्यो। स्टन्ट बन्द गर्न पर्याे। राज्यले नागरिकलाई आत्मदाह गर्ने ठाउँबाट चाहिँ माथि उठाउनु पर्यो। र यो राज्यले नागरिकहरुलाई चाहिँ आत्मदाह गर्ने परिस्थिति जबर्जस्त निर्माण गरिरहेको छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.