×

कृषि र डेरी उद्योगका लागि मौद्रिक नीति सकारात्मक : नेपाल डेरी एसोसिएसन 

खालीपाना न्युजडेस्क | ४ महिना अगाडि

काठमाडौं । नेपाल डेरी एसोसिएसनले नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष २०८३÷८४ को मौद्रिक नीतिको स्वागत गरेको छ ।

एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालद्वारा जारी विज्ञप्तिमा मौद्रिक नीतिले कृषि, पशुपालन, डेरी तथा कृषि आधारित उद्योगलाई प्राथमिकता दिँदै उत्पादनशील क्षेत्रमा कर्जा प्रवाह, सहुलियतपूर्ण वित्तीय पहुँच, साना तथा मझौला उद्यममा कर्जा विस्तार, कृषि मूल्य शृङ्खला, खाद्य प्रशोधन, चिस्यान केन्द्र, भण्डारण पूर्वाधार तथा आयात प्रतिस्थापनमुखी उद्योगलाई प्रोत्साहन गर्ने व्यवस्था समेटेको भन्दै स्वागत गरिएको छ ।

एसोसिएसनले डेरी क्षेत्र कृषि अर्थतन्त्र, खाद्य सुरक्षा, ग्रामीण रोजगारी तथा लाखौँ किसान परिवारको जीविकोपार्जनसँग प्रत्यक्ष जोडिएको क्षेत्र भएकाले उत्पादनशील क्षेत्रमा कर्जा विस्तार, कृषि तथा डेरी उद्योगमा लगानी प्रोत्साहन, कर्जा पुनर्तालिकीकरण तथा पुनःसमायोजन, डिजिटल वित्तीय पहुँच विस्तार र हरित लगानीलाई प्राथमिकता दिने व्यवस्था सकारात्मक रहेको जनाएको छ ।

तर मौद्रिक नीतिमा उल्लेख गरिएका व्यवस्थाको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको एसोसिएसनको भनाइ छ ।

डेरी उद्योगले कच्चा दूध उत्पादनमा कमी, उत्पादन लागत वृद्धि, बजार संकुचन, कार्यशील पुँजीको अभाव र बैंकिङ कर्जाको भार जस्ता समस्या सामना गरिरहेको भन्दै उद्योगलाई विशेष प्राथमिकता दिन माग गरिएको छ ।

एसोसिएसनले डेरी उद्योगलाई उत्पादनशील तथा अत्यावश्यक उद्योगका रूपमा सहुलियतपूर्ण ब्याजदरमा कर्जा उपलब्ध गराउन, कार्यशील पुँजीको सहज व्यवस्था गर्न तथा पुनर्कर्जा र कर्जा पुनर्संरचनाको व्यवस्था प्रभावकारी रूपमा लागू गर्न आग्रह गरेको छ ।

नेपाल डेरी एसोसिएसनले सरकार, नेपाल राष्ट्र बैंक र सम्बन्धित सरोकारवालासँग सहकार्य गर्दै स्वदेशी दुग्ध उद्योगको संरक्षण तथा प्रवद्र्धन, किसानको आय वृद्धि, रोजगारी सिर्जना, आयात प्रतिस्थापन र आत्मनिर्भर अर्थतन्त्र निर्माणमा निरन्तर योगदान पु¥याउने प्रतिबद्धता व्यक्त गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.