×

गृहमन्त्रीका स्वकीय सचिवले फोन नै उठाउँदैनन् : सांसद बानु

खालीपाना न्युजडेस्क | ४ महिना अगाडि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद अप्सना बानुले सरकारको शान्ति सुरक्षा व्यवस्थापन र नागरिकसँगको सम्पर्क प्रणालीप्रति प्रश्न उठाएकी छन् ।

बिहीबार बसेको प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद बानुले गृहमन्त्रालयसँग आफ्ना समस्या राख्न खोज्दा नागरिकले सहज पहुँच नपाएको गुनासो आइरहेको बताएकी हुन् ।

उनले भनिन्, ‘म सरकारको एउटा गम्भीर कमजोरीतर्फ ध्यानाकर्षण गराउन चाहन्छु । जनता वा मुलुकको शान्ति सुरक्षा कायम गर्ने जिम्मेवारी लिएको गृहमन्त्रालयसँग आफ्नो समस्या पोख्न सम्पर्क गर्दा गृहमन्त्रीज्यूको स्वकीय सचिवले कुनै प्रतिक्रिया नदिने तथा फोन नउठाउने जस्ता गुनासा तारन्तार आइरहेका छन्।’

उनले नागरिकको समस्या सुन्नु सरकारको पहिलो जिम्मेवारी भएको बताउँदै समस्या पर्दा सम्बन्धित निकाय वा मन्त्रालयबाटै गैरजिम्मेवार व्यवहार हुनु दुःखद भएको बताइन्।

‘जनताको समस्या सुन्ने सरकारको प्रथम जिम्मेवारी हो । यदि नागरिकले समस्या पर्दा सम्बन्धित निकाय वा मन्त्रालयबाट नै यस्ता गैरजिम्मेवारपूर्ण व्यवहार प्राप्त गर्छन् भने त्यसले राज्यप्रतिको विश्वास कमजोर बनाउँछ,’ उनले भनिन्।

त्यस्तै, सांसद बानुले सत्तापक्ष पार्टीका सभापति रवि लामिछानेले जेन्जी जनआन्दोलनको विषयमा गम्भीरतापूर्वक मनन गर्दै समाधानका लागि गरेको पहलको प्रशंसा पनि गरेकी छन् ।

‘सत्तापक्ष पार्टीका सभापति माननीय रवि लामिछानेज्यूलाई धन्यवाद व्यक्त गर्न चाहन्छु। उहाँले जेन्जी जनआन्दोलनको विषयमा गम्भीरतापूर्वक मनन गरेर समाधानका निम्ति जुन सहकार्य र पहल गर्नुभएको छ, त्यो प्रशंसायोग्य छ। त्यसले युवाहरूमा राज्यप्रतिको भरोसा जगाउने काम गरेको छ,’ उनले भनिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.