काठमाडौं । ‘मिसेस वर्ल्ड’ चनिता श्रीदाकेत क्रेथोर्न ‘मिसेस नेपाल वर्ल्ड २०२६’ को ग्रान्ड फिनालेमा सहभागी हुन नेपाल आइपुगेकी छन् । नेपालमा पहिलोपटक आएकी उनले नेपाल आफ्नो लामो समयदेखिको ‘बकेट लिस्ट’ अर्थात् घुम्न चाहेको गन्तव्यमा रहेको बताएकी छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले नेपाल आउन पाउँदा आफू अत्यन्त उत्साहित भएको बताइन् । नेपालकी एक व्यक्तिसँग जनवरीमा भेट भएपछि नेपालप्रति आफ्नो आकर्षण अझ बढेको उनले बताइन् ।
‘नेपाल मेरो बकेट लिस्टमा सधैँ रहेको छ । यहाँ आउन निम्तो दिनुभएकोमा म अत्यन्तै कृतज्ञ छु,’ उनले भनिन् ।
‘मिसेस नेपाल वर्ल्ड २०२६’ को ग्रान्ड फिनालेमा विशेष अतिथिका रूपमा सहभागी हुन लागेकी उनले प्रतियोगिताका सहभागी महिलासँग जोडिन आफू उत्सुक रहेको बताइन् । विशेषगरी विवाहित महिला, आमाहरू तथा नयाँ आमा बन्न लागेका महिलासँग संवाद गर्ने आफ्नो इच्छा रहेको उनले बताइन् ।
उनले आफ्नो मुख्य अभियान ‘ह्याप्पी मदर्स’ अर्थात् ‘खुसी आमाहरू’ रहेको बताइन् । आमा, पत्नी वा छोरी हुनुअघि हरेक महिला एक मानव भएकाले उनीहरू पनि खुसी हुन आवश्यक रहेको उनले बताइन् ।
‘हामी कामकाजी आमा हुन सक्छौँ, घरमै बस्ने आमा हुन सक्छौँ, तर हामीभित्र सधैँ एक महिला हुन्छिन्,’ उनले भनिन्, ‘म नेपालका महिलाहरूको बारेमा सिक्न चाहन्छु र उहाँहरूले आफूलाई कसरी खुसी राख्नुहुन्छ भन्ने कुरा जान्न चाहन्छु ।’
नेपाल आएपछि पहिलो अनुभव नै आफूलाई अद्भुत लागेको उनले बताइन् । नेपालका मानिसहरूको आतिथ्यबाट आफू प्रभावित भएको भन्दै उनले थप नेपालीसँग भेट्न आफू उत्सुक रहेको बताइन् ।
नेपालमा रहँदा हिमालयको दृश्य हेर्ने र सम्भव भए हिमालको उडान गर्ने आफ्नो इच्छा पनि उनले सुनाइन्। मौसमले साथ दिएमा नेपालको हिमाली क्षेत्रको भ्रमण गर्न पाउने आशा राखेको उनले बतान् ।
बौद्ध धर्म मान्ने भएकाले नेपाल आउँदा आफूलाई विशेष आध्यात्मिक अनुभूति भइरहेको उनले बताइन्। भगवान् बुद्धको जन्मस्थल नेपाल भएकाले पनि यहाँको भ्रमण आफ्नो लागि विशेष रहेको उनको भनाइ थियो । नेपालका विश्व सम्पदा सूचीमा रहेका विभिन्न सम्पदास्थलको भ्रमण गर्न आफू निकै उत्सुक रहेको उनले बताइन् ।
‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना प्रतियोगी सहभागी हुँदै गरेको जानकारी पाएपछि आफू थप उत्साहित भएको क्रेथोर्नले बताइन्। फिनालेअघि प्रतियोगीहरूले विभिन्न चरण पार गर्दै निकै मेहनत गरेको आफूले देखेको भन्दै उनले उनीहरूको प्रस्तुति प्रत्यक्ष हेर्न आतुर रहेको बताइन् ।
उनले प्रतियोगीहरूलाई केवल उपाधि जित्ने लक्ष्यमा सीमित नरही आफ्नो उद्देश्य स्पष्ट बनाउन सुझाव दिइन् ।
‘संसारमा सकारात्मक प्रभाव पार्न तपाईंहरू उत्साही हुनुपर्छ। उपाधि जितेपछि के हासिल गर्न चाहनुहुन्छ भन्ने स्पष्ट लक्ष्य पनि हुनुपर्छ,’ उनले भनिन्।
आफ्नो अनुभव सुनाउँदै उनले आफू पहिले दुःखी आमा रहेको र त्यसपछि आमाहरूको खुसीलाई आफ्नो अभियान बनाएको बताइन्। आमा हुनु, पत्नी हुनु वा छोरी हुनुभन्दा पहिले महिला एक मानव भएकाले आफूलाई खुसी राख्न आवश्यक रहेको उनले बताइन्।
नयाँ ‘मिसेस नेपाल वर्ल्ड’ ले पनि आफूलाई मन परेको सामाजिक विषय पहिचान गरेर त्यसमा काम गर्नुपर्ने उनले बताइन् । आफ्नो उद्देश्यप्रति प्रतिबद्ध भएर काम गर्दा त्यसले मिसेस वर्ल्ड बन्ने यात्रालाई समेत अर्थपूर्ण बनाउने उनले बताइन् ।
Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.
Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.
KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.
Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.
Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.
Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.
Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.
Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.