×

इलामको सामुदायिक विद्यालयहरूको कार्यसम्पादन परीक्षणमा रोङ गाउँपालिका पहिलो 

खालीपाना न्युजडेस्क | १ महिना अगाडि

इलाम । इलामको सामुदायिक विद्यालयहरूको कार्यसम्पादन परीक्षणमा रोङ गाउँपालिका पहिलो बनेको छ । नेपाल सरकार शिक्षा तथा खेलकुद मन्नालय शैक्षिक गुणस्तर परीक्षण केन्द्रले गरेको परीक्षणमा जिल्लाको १० स्थानीय तहमध्ये रोङ गाउँपालिका पहिलो बनेको हो ।

शैक्षिक गुणस्तर परीक्षण केन्द्रले शनिबार इलाममा ‘सञ्चार संस्था एवम् सञ्चारकर्मीहरूसँग सहकार्य तथा अन्तरक्रिया’ कार्यक्रममार्फत सार्वजनिक गरेको इलाम जिल्लाको प्रतिवेदन अनुसार रोङ गाउँपालिका ७३ दशमलव ३० अङ्कसहित पहिलो बनेको हो ।

गत आर्थिक वर्ष २०८१र०८२ मा जिल्लाको ९३ वटा माध्यमिक तहको सामुदायिक विद्यालयको कार्यसम्पादन परीक्षण गरी स्तर निर्धारण गरिएको केन्द्रकी निर्देशक प्रमिला बखतीले जानकारी दिइन् । कार्यसम्पादन परीक्षणमा ७२ दशमलव ३५ अङ्कसहित देउमाई नगरपालिका दोस्रो स्थान परेको छ ।

त्यस्तै ६६ दशमलव ६२ अङ्कसहित सन्दकपुर गाउँपालिका तेस्रो, ६५ दशमलव ७९ अङ्कसहित चुलाचुली गाउँपालिका चोथौँ, ६५ दशमलव १७ अङ्कसहित माईजोगमाई गाउँपालिका पाँचौँ र ६४ दशमलव ९० अङ्कसहित सूर्योदय नगरपालिका छटौं स्थानमा छ ।

६४ दशमलव ८९ अङ्कसहित माई नगरपालिका सातौँ, ६१ दशमलव ६७ अङ्कसहित इलाम नगरपालिका आठौँ, ६१ दशमलव ३३ अङ्कसहित माङसेबुङ गाउँपालिका नवौं र ५९ दशमलव ९७ अङ्कसहित फाकफोकथुम गाउँपालिका दसौँ तथा अन्तिम स्थानमा छ ।

जिल्लाको ९३ विद्यालयको कार्यसम्पादन परीक्षणमा ६५ विद्यालयको स्तर सामान्य र २८ विद्यालयको स्तर मध्यम रहेको पाइएको छ । फाकफोकथुम र माङसेबुङका सबै विद्यालयको स्तर सामान्य रहेको पाइएको छ भने अन्य पालिकाको सामान्य र मध्यम स्तरका छन् । कमजोर र उत्तम स्तरमा कुनै विद्यालय परेनन् ।

समग्रमा जिल्लाको औसत अङ्क भने ६५ दशमलव १६ रहेको छ । केन्द्रले १०० पूर्णाङ्कमध्ये प्राप्ताङ्कका आधारमा ४० प्रशितशत भन्दा कम अङ्क भए ‘कमजोर’, ४० वा सोदेखि माथि ७० प्रतिशत भन्दा कम भए ‘सामान्य’, ७० वा सो भन्दा माथि ९० प्रतिशत भन्दा कम भए ‘मध्यम’ र ९० प्रतिशत वा सो भन्दा बढी अङ्क पाएकोमा ‘उत्तम’ स्तर तोक्ने व्यवस्था बमोजिम स्तर निर्धारण गरिएको निर्देशक बखतीले बताइन् ।

निर्देशक बखतीका अनुसार विद्यालयको कार्यसम्पादनलाई लगानी, प्रक्रिया, उपलब्धि र सेवा प्रदान गरिएका विद्यार्थी सङ्ख्याका आधारमा विभिन्न सूचक विकास गरी परीक्षण गरिएको थियो । ‘विद्यालयको कार्यसम्पादनलाई मूलतः लगानी, प्रक्रिया, उपलब्धि र सेवा प्रदान गरिएका विद्यार्थी सङ्ख्याका अन्तर्गत ८८ वटा सूचक विकास गरी सूचकगत जम्मा २६९ अङ्क कायम गरिएको थियो,’ निर्देशक बखतीले भनिन्, ‘जसमध्ये लगानीमा २५ प्रतिशत, प्रक्रियामा ३० प्रतिशत, उपलब्धिमा ४० प्रतिशत र सेवा प्रदान गरिएका विद्यार्थी सङ्ख्याको भार ५ प्रतिशत निर्धारण गरिएको थियो ।’

‘सामुदायिक विद्यालय कार्यसम्पादन परीक्षण मार्गदर्शन पुस्तिका, २०८१’ र ‘विद्यालय कार्यसम्पादन परीक्षण साधन, २०८१’ ले विद्यालयहरूको कार्यसम्पादन परीक्षण तथा स्तर निर्धारणका लागि ८८ वटा सूचकमध्ये लगानी क्षेत्रका २७ वटा, प्रक्रिया क्षेत्रका ४६ वटा र उपलब्धि क्षेत्रका १५ वटा सूचक निर्धारण गरेको छ । सोही सूचकका आधारमा केन्द्रले विद्यालय कार्यसम्पादन परीक्षण गरेको हो ।

प्रत्येक सूचकमा बढीमा ३ अङ्क प्रदान गर्ने व्यवस्था छ । त्यस्तै सेवा प्रदान गरिएका विद्यार्थी सङ्ख्याका लागि ५ अङ्क छुट्टाइएको छ । यसै आधारमा कार्यसम्पादन परीक्षणको कुल अङ्क २६९ कायम गरी अन्त्यमा प्राप्ताङ्कलाई प्रतिशतमा रूपान्तरण गरी उत्तम, मध्यम, सामान्य र कमजोर गरी चार वटा स्तर निर्धारण गर्ने व्यवस्था छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.