×

आत्मदाहका घटना रोक्न तत्काल कदम चाल्न सांसद शर्माको माग

खालीपाना न्युजडेस्क | १२ घण्टा अगाडि

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीकी सांसद बलावती शर्मा ले पछिल्लो समय देशमा लगातार भइरहेका आत्मदाहका घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यस्ता घटना रोक्न सरकारले तत्काल प्रभावकारी कदम चाल्नुपर्ने माग गरेकी छन्।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद शर्माले गणेश नेपाली, अश्विन राउत र विवेक मण्डलको आत्मदाहका घटनाको पीडा सेलाउन नपाउँदै रौतहटका २८ वर्षीय गौतमकुमार सहनीले पनि आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेको घटना सार्वजनिक भएको उल्लेख गरिन्।

उनले सरकारले रोजगारी सिर्जना गर्ने प्रतिबद्धता जनाए पनि बेरोजगारी र निराशाबाट गुज्रिरहेका युवामा आशा जगाउन नसकेको टिप्पणी गरिन्।

उनले भनिन्, ‘देशमा रोजगार दिने घोषणा गरेको सरकारले बेरोजगार भएर निसास्सिएका युवाहरूलाई आशासमेत जगाउन सकेन। दिनप्रतिदिन मृत्युवरणका घटनाहरू बढिरहेका छन्। यो सरकारप्रतिको निराशाको अभिव्यक्ति हो। सरकारले यस्ता घटना रोक्न तुरुन्तै प्रभावकारी कदम चालोस्।’

सांसद शर्माले बागलुङको धोरपाटन नगरपालिका–२ सालमकोटमा मावली घरको आँगनमा खेलिरहेका बेला पर्खाल भत्किँदा पाँच वर्षीय आशीष भण्डारी को घटनास्थलमै मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गरिन्। उनले मृतक बालकप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरिन् र पीडित परिवारलाई उचित राहत उपलब्ध गराउन सरकारसँग माग गरिन्।

त्यस्तै बागलुङकै काठेखोला गाउँपालिका–७ र ८ को सिमानास्थित रेसाखोलामा खोलो तर्ने क्रममा गुल्मीको मिसीकोटकी ४५ वर्षीया मीना कार्की बेपत्ता भएको उल्लेख गर्दै खोजी कार्यलाई थप तीव्र र प्रभावकारी बनाउन सम्बन्धित निकायलाई निर्देशन दिन सरकारसँग आग्रह गरिन्।

सांसद शर्माले सिंहदरबार परिसरमा अस्थायी, करार र दैनिक ज्यालादारी कर्मचारी आन्दोलनमा रहेको उल्लेख गर्दै तीनै तहका सरकारअन्तर्गत कार्यरत करिब ५० हजार कर्मचारी रोजगारी गुमाउने अवस्था आउन नदिन सरकारको ध्यानाकर्षण गराइन्। उनले १० देखि २५ वर्षसम्म निरन्तर सेवा गरेका कर्मचारीहरूको माग तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह गरिन्।

बयस्तै, काठमाडौं उपत्यकामा हैजाको संक्रमण फैलिन थालेको उल्लेख गर्दै उनले रोग नियन्त्रण तथा रोकथामका लागि सरकारले तत्काल आवश्यक कदम चाल्नुपर्ने मागसमेत गरिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.