काठमाडौं। सञ्चारकर्मी सहदेव चौधरीले लेखेका गीत ‘चोखो मायाको म्युजिक भिडियो युट्युबमा सार्वजनिक गरिएको छ।
यसअघि अडियो मात्रै सार्वजनिक गरिएको गीतको म्युजिक भिडयो एसियन म्युजिकको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।
भिडियोमा गायिका संगीता राणा प्रधानको फिचर देख्न सकिन्छ। साथै संगीता राणा प्रधानकै स्वरमा रहेको गीतको संगीत संयोजन तथा एरेन्जर जुगल डंगोलले गरेका छन्।
यस्तै गीटारमा दीपेश सिंह, बासमा विजय बज्राचार्य, ड्रममा अनुप महर्जन, तबलामा कुल प्रसाद महर्जन र बाँसुरीमा कृष्ण गुरूङ रहेका छन्।
प्रेमका आग्रह गरिएको गीतको छायांकन नारायण गुरूङ र कृष्ण राणाले गरेका छन् भने भिडियोको सम्पादन तथा कलर माधव बेल्वासेको रहेको छ ।
आर्टम्युज स्टुडियोमा रेकर्डिङ तथा मिक्सिङ गरिएको अमृत सुनुवारको निर्देशन गरेको उक्त म्युजिक भिडियोलाई द साउण्ड गार्डेनमा सुट गरिएको हो।
जततउकस्ररधधध।थयगतगदभ।अयmरधबतअजरुख.ःगलजत्तममवख्यक

