×

कसरी तयार भयो लोकप्रिय गीत ‘बाँझो खेतमा..’ ?

खालीपाना न्युजडेस्क | १ घण्टा अगाडि

काठमाडौं । चर्चित गीत ‘बाँझो खेतमा छड्के सलाम छ मायालाई पहिलो भेटमा’ आजपनि उत्तिकै चर्चित छ र उत्तिकै कर्णप्रिय लाग्छ । ग्रामीणदेखि शहरीया नेपालीहरुले सदावहार गुनगुनाइरहेका छन् । फरक शब्द, लय र प्रस्तुतिका कारण गीतको भाव आजसम्म जीवन्त छ ।

वि.सं. २०५४–५५ तिर सार्वजनिक भएको गीतले नेपाली आधुनिक गीतसंगीतमा छुट्टै पहिचान बनाएको छ । सरल तर भावपूर्ण शब्द, आकर्षक संगीत संयोजन र चलचित्र ‘माइली’मार्फत सार्वजनिक भएको गीत दशकौंदेखि लोकप्रिय छ ।
विभिन्न सांस्कृतिक कार्यक्रम, विद्यालयस्तरीय नृत्य र महोत्सवहरूमा गीत घन्किनेगरेको छ ।

कसरी रचना भयो गीत ?

रचनाकार विधान आचार्यले आफ्नो चर्चित गीत ‘बाँझो खेतमा छड्के सलाम छ मायालाई पहिलो भेटमा’कसरी रचना भयो भन्ने रोचक कथा सार्वजनिक गरेका छन् । उनले यो गीत कुनै योजनाबद्ध रूपमा नभई संयोग र सिर्जनात्मक क्षणबाट जन्मिएको बताए ।
नेपाल न्यूज बैंकसँगको कुराकानीमा आचार्यले भने,‘बाँझो खेतमा छड्के सलाम छ मायालाई पहिलो भेटमा’भन्ने गीत कसरी आयो भन्ने विषय रोचक छ । मेरो घर भएको स्थान चुँदीरम्गामा मेरो पुर्खाको खेत पनि छ । त्यो खेतको नाम ‘बाँझो खेत’ हो । त्यो खेतमा एकचोटी धान रोप्दारोप्दै एकजना रोपार महिलाको ढलेर मृत्यु भयो । त्यसपछि खेत रोप्न बन्द भयो । ३० –४० वर्षसम्म प्रसिद्ध भएको त्यो बाँझो भएका कारण चर्चामा आयो । बाँझो खेत शब्द त्यहींबाट जन्मियो । गीत चलचित्र माइलीका लागि लेखिएको थियो ।’
गीतको उत्पत्तिबारे बोल्दै आचार्यले भने,‘चलचित्र ‘माइली’ का लागि गीत लेख्ने क्रममा निर्देशक तथा संगीतकारसँग भएको अनौपचारिक छलफलका बेला अचानक ‘बाँझो खेतमा’ भन्ने शब्द उच्चारण भएको थियो । त्यही शब्दलाई संगीतकार शम्भुजित बाँस्कोटासँगको भेटमा ट्युनमा रूपान्तरण गरिँदा गीतको आधार तयार भएको उनले बताए ।
उनले भने,‘एकदिन राजेन्द्र सलभ ,म र शम्भुजित बाँस्कोटा तीनजना बसेर छलफल गर्दै थियौं, त्यही बेला हामीहरु मध्येको मुखबाट बाँझो खेतमा भन्ने शब्द निस्कियो । सोहीबेला हामीले त्यसलाई ट्युनअप गर्यौं । त्यसलाई नै पछि लयबद्ध गर्यौं । त्यो एउटा संयोग पनि थियो । यही खेतको लागि गीत लेख्छु भनेर लेखेको होइन । शम्भुजित बाँस्कोटाजीका कारण र मलाई मन परेका कारण गीतमा समावेश भएको हो ।’

उनका अनुसार, यो गीत कुनै खेतको वर्णनका लागि लेखिएको नभई चलचित्रको कथावस्तुका लागि तयार पारिएको हो । पछि यो गीत ‘माइली’ फिल्ममार्फत सार्वजनिक भएपछि अत्यन्त लोकप्रिय बन्न पुग्यो ।
उनको अनुसार वि.सं. २०५४–५५ तिर सार्वजनिक भएको गीतले पाँच–छ वर्षसम्म नेपाली संगीत बजारमा उच्च स्थान कायम राखेको आचार्यले बताए ।

त्यतिबेलाका अन्य चर्चित गीतहरूलाई समेत पछि पार्दै यो गीत श्रोतामाझ लोकप्रिय बनेको थियो ।
आचार्यले गीतले युवापुस्तामा छुट्टै पहिचान बनाएको उल्लेख गर्दै अहिले पनि विभिन्न सांस्कृतिक कार्यक्रमहरूमा यो गीतमा नृत्य र प्रस्तुति हुने गरेको बताए । छड्के सलाम भन्ने वाक्यांश नै युवाहरूबीच लोकप्रिय बनेको उनको भनाइ छ ।
उनले गीतसँग जोडिएका आफ्ना व्यक्तिगत अनुभवहरू पनि उनले सुनाए । विभिन्न स्थानमा श्रोताहरूले गीत र कविता सुनेर देखाएको सम्मान आफ्नो लागि ठूलो प्रेरणा भएको उनले बताए ।

आचार्यका अनुसार, सिर्जना तब सफल हुन्छ जब त्यो श्रोतासँग भावनात्मक रूपमा जोडिन्छ, र ‘बाँझो खेतमा छड्के सलाम छ मायालाई’ गीत त्यसैको उदाहरण हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.