×

कलाकारहरू भन्छन् : नयाँ वर्ष उत्सव मात्र होइन, जीवनशैली र संस्कृतिको प्रतिबिम्ब हो

खालीपाना न्युजडेस्क | ७ महिना अगाडि

काठमाडौं । नेपाली कलाकारहरूले नयाँ वर्षलाई आ–आफ्नो अनुभव र दृष्टिकोणअनुसार फरक–फरक रूपमा व्याख्या गरेका छन् । कलाकारहरू रविन्द्र सिंह बानियाँ, सिर्जना अधिकारी र लोकगायक बिमलराज क्षेत्रीले नयाँ वर्षको महत्व, यसको बदलिँदो स्वरूप र व्यक्तिगत अनुभूति साझा गरेका छन् ।
अभिनेता बानियाँले सानोदेखि सुन्दै आएको ‘मनपर्ने कामलाई पेशा बनायो भने जीवनभर काम गर्नुपर्दैन’ भन्ने भनाइलाई आफ्नो जीवनमा लागू गरेको बताए । उनका अनुसार आफूले अभिनय र फिल्म निर्माणमा रमाइलो अनुभव गर्ने भएकाले हरेक दिन नै नयाँ वर्षजस्तै लाग्ने गर्छ । ‘हामीले गरेको कामलाई माया गरिरहेपछि हरेक दिन नयाँ वर्षजस्तै हुन्छ,’ उनले भने ।
उनले नयाँ वर्षलाई पारिवारिक भेटघाट र मनोरञ्जनको अवसरका रूपमा लिए पनि कलाकारका लागि यो अन्य दिनजस्तै नै हुने उल्लेख गरे । तर, फिल्म निर्माता र प्रदर्शनकर्ताका लागि भने नयाँ वर्ष विशेष हुने उनको भनाइ छ । ‘नयाँ वर्षमा चलचित्र हलमा दर्शकको भीड बढ्ने भएकाले निर्माताका लागि यो महत्वपूर्ण समय हो,’ उनले भने ।
बानियाँले नयाँ वर्षको अवसरमा नयाँ नेपाली फिल्महरू प्रदर्शनमा आउने परम्परा रहेको उल्लेख गर्दै आफू संलग्न चलचित्र ‘पहाड’ तथा निर्देशक तुलसी घिमिरेको नयाँ फिल्म हेरेर नयाँ वर्ष मनाउने योजना रहेको जानकारी दिए ।
यस्तै, उनले नयाँ वर्षमा ठूलो लक्ष्यभन्दा साना–साना प्रतिबद्धताबाट सुरुआत गर्नुपर्नेमा जोड दिए । ‘सानो लक्ष्यबाट सुरु गर्दा निरन्तरता दिन सजिलो हुन्छ,’ उनले भने ।
त्यसैगरी, अभिनेत्री सिर्जना अधिकारीले नयाँ वर्ष आफ्नो बाल्यकालका सम्झनासँग जोडिएको बताइन् । उनका अनुसार काठमाडौंको टोखा क्षेत्रमा लाग्ने ‘सपनतीर्थ मेला’ नयाँ वर्षको मुख्य आकर्षण हुने गरेको थियो । ‘बैशाख १ गतेको मेला, परिवारसँग जाने, भीडभाड र रमाइलो यी सबै अझै सम्झनामा ताजा छन्,’ उनले भनिन् ।
अधिकारीले अंग्रेजी नयाँ वर्षभन्दा नेपाली नयाँ वर्षप्रति आफू बढी भावनात्मक रूपमा जोडिएको बताइन् । उनले भनिन्, ‘नेपाली नयाँ वर्षसँग बाल्यकालको सम्झना र सांस्कृतिक अनुभूति जोडिएको छ ।’
हाल उनी नयाँ वर्षको अवसरमा आफ्नो चलचित्र ‘परालको आगो’को प्रचारप्रसारमा व्यस्त छिन् । उनका अनुसार कलाकारका लागि नयाँ वर्ष पनि कामकै निरन्तरता हुने समय हो ।
यसैगरी कुनै समयका चर्चित लोकगायक बिमलराज क्षेत्रीले पछिल्लो समय नेपाली समाजमा नयाँ वर्ष मनाउने शैलीमा आएको परिवर्तनबारे आफ्ना अनुभव साझा गरेका छन् ।
उनले विशेषगरी बाल्यकालमा आफू हुर्किएको गाउँमा अहिले जस्तो अंग्रेजी नयाँ वर्ष मनाउने चलन नरहेको बताए । उनका अनुसार त्यतिबेला नयाँ वर्षभन्दा बढी बैशाखी संक्रान्तिलाई नै महत्वपूर्ण रूपमा लिइन्थ्यो । ‘हामीलाई थाहा भएको भनेकै बैशाखी संक्रान्ति हो । त्यही अवसरमा नजिकका नदी–जस्तै कालीगण्डकीमा स्नान गर्न जाने चलन थियो,’ उनले भने ।
क्षेत्रीका अनुसार गाउँको जीवनशैली भूगोल र संस्कृतिअनुसार फरक हुने भएकाले नयाँ वर्ष मनाउने औपचारिक परम्परा त्यति विकसित थिएन । उनले गण्डकी क्षेत्रको आफ्नो अनुभव सुनाउँदै मुक्तिनाथदेखि देवघाटसम्म फैलिएको सांस्कृतिक क्षेत्रभित्रका परम्पराले आफूलाई बढी प्रभावित पारेको उल्लेख गरे ।
उनले भने, ‘गाउँमा हुँदा अंग्रेजी नयाँ वर्ष मनाउने चलन थिएन । काठमाडौँ आएपछि मात्रै नयाँ वर्ष, जस्ता चाडबाडबारे थाहा पाएँ ।’ शहरमा आएपछि विभिन्न आधुनिक सांस्कृतिक अभ्यासहरू सिक्ने अवसर मिलेको उनको भनाइ छ ।
गायक क्षेत्रीले समयसँगै नेपाली समाजमा नयाँ वर्ष मनाउने शैली परिवर्तन हुँदै गएको र विशेषगरी युवापुस्तामा अंग्रेजी नयाँ वर्षप्रति आकर्षण बढ्दो रहेको पनि बताए । कलाकारहरूको भनाइले नयाँ वर्ष केवल उत्सव मात्र नभई व्यक्तिगत अनुभव, सांस्कृतिक पहिचान र पेशागत गतिविधिसँग समेत गहिरो रूपमा जोडिएको देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.