काठमाडौं । महिला उद्यमी महासङ्घ नेपालले ललितपुरस्थित हेरिटेज गार्डेनमा आयोजना गरेको नवौँ अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला आइतबार सम्पन्न भएको छ । तीन दिनसम्म सञ्चालन भएको मेलाले देशभरका महिला उद्यमीहरूको सिर्जनशीलता, संघर्ष र सफलतालाई एकै थलोमा प्रस्तुत गर्दै स्वदेशी उद्यमशीलताको बलियो सम्भावना देखाएको छ ।
नेपालका ७७ जिल्लामा फैलिएका महिला उद्यमीहरूको सहभागिता रहेको यस मेलामा करिब १४० स्टलमार्फत ३०० भन्दा बढी उद्यमीहरूले आफ्ना उत्पादनहरू प्रदर्शन तथा बिक्री गरेका थिए । हस्तकला, ढाका, प्राकृतिक रेसाजन्य सामग्री, जैविक खाद्य पदार्थ, जडीबुटी, कृषिजन्य उत्पादनदेखि सजावटी सामग्रीसम्मका वस्तुहरूले मेलालाई विविधतापूर्ण बनाएका थिए ।
महासंघकी प्रथम उपाध्यक्ष तथा एक्स्पो संयोजक सुनिता वैद्य श्रेष्ठका अनुसार, अघिल्लो वर्षको सफलतालाई निरन्तरता दिँदै यस वर्ष पनि मेला अत्यन्त सफल भएको छ ।
उनले भनिन्, ‘अघिल्लो वर्षजस्तै यस वर्ष पनि मेलामा उल्लेखनीय सहभागिता भयो । महिला उद्यमीहरूको उत्पादनलाई बजारीकरण, प्रोत्साहन गर्ने र सशक्त बनाउने उद्देश्यले आयोजना गरिएको मेला प्रभावकारी प्लेटफर्म बनेको छ ।’
उनका अनुसार, मेलामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका स्टलहरू सहभागी थिए भने प्यानल छलफल, अनुभव आदानप्रदान, नेटवर्किङ र ज्ञान साझेदारी जस्ता गतिविधिहरूले कार्यक्रमलाई अझ समृद्ध बनाएको थियो ।
मेलामा करिब ५० हजार अवलोकनकर्ताको लक्ष्य राखिएको थियो। एक्स्पो संयोजक श्रेष्ठका अनुसार कारोबारका हिसाबले पनि मेला उत्साहजनक देखिएको छ । आयोजक समुहले प्रत्यक्ष रूपमा दुई करोड रुपैयाँसम्मको कारोबार हुने अनुमान गरे पनि अन्तिम दिनसम्म यो आँकडा अझ बढी भएको अनुमान छ । अप्रत्यक्ष रूपमा आउने अर्डरहरूले भविष्यमा अझ ठूलो आर्थिक प्रभाव पार्ने विश्वास समेत गरिएको छ ।
मेलाले महिला उद्यमशीलताको सम्भावना उजागर गरे पनि केही महत्वपूर्ण चुनौतीहरू पनि सतहमा ल्याएको श्रेष्ठले बताइन् ।
संयोजक श्रेष्ठका अनुसार उत्पादनको मात्रा बढाउन कठिनाइ, वित्तीय पहुँच (कर्जा) को अभाव, निर्यातका लागि आवश्यक पूँजीको कमी, पर्याप्त प्रदर्शनी स्थलको अभाव जस्ता समस्या अझै विद्यमान छन् ।
‘हामीसँग अझै पनि धेरै महिला उद्यमी सहभागी हुन चाहन्छन्, तर स्थानको अभावका कारण सबैलाई अवसर दिन सकिएको छैन। बजेट व्यवस्थापन पनि चुनौतीपूर्ण छ, हामी प्रायः प्रायोजकको भरमा कार्यक्रम सञ्चालन गर्न बाध्य छौँ,’ उनले भनिन् ।
महिला उद्यमी महासंघले स्वदेशी उत्पादनको प्रवद्र्धनका लागि नीतिगत तहमा पनि पहल गर्दै आएको श्रेष्ठले बताइन् ।
‘हप्तामा कम्तीमा दुई दिन स्वदेशी लुगा लगाउने र नेपाली उत्पादनको प्रयोग बढाउने’ जस्ता विषयहरू सरकारी नीतिमा समावेश गराउन महासंघले भूमिका खेलेको श्रेष्ठले जानकारी दिइन्। तर, नीतिहरू कार्यान्वयनमा चुनौती रहेको उनको भनाइ छ।
‘नीति बनाउनु मात्रै पर्याप्त हुँदैन, त्यसको प्रभावकारी कार्यान्वयन हुनुपर्छ,’ उनले भनिन्।
मेलामा सहभागी उद्यमीहरूमध्ये इलामकी कमला बास्कोटा रिजालको कथा महिला सशक्तीकरणको प्रेरणादायी छ । सानो सुरुवात, निरन्तर संघर्ष र अठोटले उपलब्धि हासिल गर्न सफल उनी कयौं दुर्गम भेगका महिलाहरुको लागि उदाहरण हुन्। ३० वर्ष कपडा व्यवसायमा बिताएकी कमलाले १२ वर्षअघि मात्र १० किलो खुर्सानीबाट अचार उद्योग सुरु गरेकी थिइन्। आज उनको उद्योगले ३२ जनालाई प्रत्यक्ष रोजगारी दिएको छ।
आफ्नै पहिचान बनाउने उद्देश्यले अचार उद्योग सुरु गरेकी कमलाको त्यो निर्णयले उनलाई सफल उद्यमी मात्र होइन, दर्जनौँलाई रोजगारी दिने सक्षम व्यवसायी बनाएको छ ।
‘मैले सुरुमा १० किलो खुर्सानीबाट अचार बनाउन थालेको हुँ,’ उनी भन्छिन्, ‘उद्योग सुरु गर्नु सजिलो छैन, धेरै चुनौतीहरू छन्। तर चुनौतीसँगै खुसी पनि आउँछ ।’
१२ वर्षअघि सुरु गरिएको अचार उद्योग अहिले पनि चलिरहेको छ, तर पाँच वर्षअघि सुरु गरिएको ललिपप उद्योगले उनको व्यवसायलाई नयाँ उचाइमा पुर्याएको उनले सुनाइन् ।
उनको ललिपप र अकबरे खुर्सानीको अचार अहिले इलामको पहिचान मात्र होइन, अन्तर्राष्ट्रिय बजारको ‘कोसेली’ समेत बनेको छ ।
कमला गर्वका साथ सुनाउँछिन्,‘अहिले सबैभन्दा धेरै बिक्री हुने भनेको ललिपप हो । यो सबैले खाने मिठाई भएकाले बजारमा सजिलै जान्छ, कोसेलीको रूपमा पनि लैजान मिल्छ,’ उनी थप भन्छिन्, ‘अचार अस्ट्रेलियासम्म पुग्छ, हजार पिससम्म अर्डर गएको छ । देश–विदेशमा आफ्नो उत्पादन पुगेको देख्दा धेरै खुसी लाग्छ।’
उनको उद्योगमा अचार उत्पादनमा ६ जना र ललिपप उद्योगमा २२ जना कार्यरत छन्। समग्रमा उनले ३०–३२ जनालाई रोजगारी दिएकी छन्।
उनको सफलताको पछाडि पारिवारिक साथ पनि उत्तिकै बलियो छ । विशेषगरी श्रीमानको महत्वपूर्ण भूमिका रहेको भन्दै उनले भनिन्,‘मेरो श्रीमानले ९० प्रतिशत साथ दिनुभएको छ, के गर्ने, कहाँ जाने, कति उत्पादन गर्ने सबैमा उहाँले मार्गदर्शन गर्नुहुन्छ।’
उद्यम गर्न महिलालाई साथको खाँचो पर्ने भन्दै उनले थप सुनाइन्, ‘म त काम गर्न जान्दछु, मार्केटिङ र व्यवस्थापनमा श्रीमानले सघाउनुहुन्छ । हामी महिलालाई यस्तै साथको खाँचो छ ।’
उद्यमशीलताको बाटो सजिलो नभए पनि उनले आफ्नो कामप्रति गहिरो सन्तुष्टि व्यक्त गर्छिन्।
उनका लागि उद्यमशीलता केवल आम्दानीको माध्यम मात्र होइन, सामाजिक प्रतिष्ठा र आत्मनिर्भरताको आधार पनि बनेको छ ।
कमलाले घरेलु कार्यालय, प्रदेश सरकार र स्थानीय तहबाट सहुलियत ऋण पनि लिएकी छन्। यसले उनको व्यवसाय विस्तारमा सहयोग पुर्याएको छ।
यस्तै, व्यापार मेलामा सहभागी ताप्लेजुङकी माया गुरुङको कथा अझ रोचक छ । पहाडमा अलैँची झिकेपछि खेर जाने डाँठ (नल) बाट व्यावसायिक सामान बनाउन सकिन्छ भनेर कसैले सोचेका थिएनन्। तर २०६८ सालमा ‘चन्दन फाइबर उद्योग’ स्थापना गरेर उनले यो सम्भव तुल्याइन्।
परम्परागत कृषि उपजलाई नवीन उद्यममा रूपान्तरण गर्दै उदाहरणीय सफलता हासिल गरेकी माया आज स्थानीय स्रोतको सदुपयोग गर्दै रोजगारी सिर्जना र बजार विस्तारको गतिलो माध्यम बनेकी छ ।
उनको उद्योगले अलैंचीको रेसाबाट विभिन्न हस्तकला सामग्री उत्पादन गर्दै आएको छ । सामान्यतया फालिने अलैंचीको डाँठबाट निकालिने रेसालाई प्रयोग गरेर गुरुङले झोला, पर्स, टेबल म्याट, हट म्याट, मेनु प्याड लगायतका आकर्षक सामग्री बनाउँदै आएकी छन्।
अलैँचीको रेसाबाट बनेका यही ब्याग, म्याट, मेनु प्याड, पर्स र डाइनिंग टेबल म्याटहरू उनको स्टलमा आकर्षणको केन्द्र बनेका थियो । १५ जना कामदारले हातैले बुनेका यी सामानहरू अहिले पोखरादेखि भारतसम्म पुग्छन् ।
‘अलैंची काटेपछि नल फालिन्छ, मैले त्यसलाई संकलन गरेर सुकाएर रेसा निकाल्छु,’ उनी भन्छिन्, ‘त्यसपछि धेरै चरण पार गरेर मात्र अन्तिम उत्पादन तयार हुन्छ।’
उनका अनुसार रेसा तयार पार्न मात्रै तीन–चार महिना लाग्छ। त्यसपछि हातैले विभिन्न सामग्री बनाइन्छ ।
मायाको उत्पादनहरू अहिले ताप्लेजुङदेखि काठमाडौं, पोखरा हुँदै भारतसम्म पुगिसकेका छन्।
उनले उत्पादन गरेका सामाग्रीहरु प्रत्यक्ष रूपमा विदेश निर्यात गर्ने योजना भए पनि आवश्यक पहुँच र प्रक्रिया अभावका कारण अझै पूर्ण रूपमा निर्यात सुरु हुन सकेको छैन ।
उनले राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमबाट केही सहयोग पाएको उल्लेख गरिन्, जसले पसल व्यवस्थापन र सामान्य उपकरण व्यवस्थापनमा सहयोग गरेको छ । तर स्थानीय तहबाट अपेक्षाकृत कम सहयोग पाएको उनको गुनासो छ ।
‘थोरै सहयोग हुन्छ, तर पर्याप्त छैन,’ उनले भनिन्।
इलामकी अर्की उद्यमी सुशीला सापकोटा तीन दशक किराना व्यवसायमा बिताएर अहिले पर्यटन र खाद्य उत्पादनमा लागेकी छन्। उद्योग वाणिज्य सङ्घ इलामको पहिलो महिला अध्यक्ष बनेकी सुशिलाले धेरै महिला उद्यमीहरू बीचैमा हराएको नजिकबाट देखेकी छन्।
उनी केवल आफ्नो व्यवसाय प्रवद्र्धन गर्न मात्र चाहनन् । उनी महिला उद्यमीहरूलाई संगठित गर्ने, मार्गदर्शन गर्ने र उनीहरूलाई टिकाउ व्यवसायतर्फ उन्मुख गराउने उद्देश्य उनीसँग छ ।
इलामबाट प्रतिनिधित्व गर्दै मेलामा सहभागी सापकोटा स्थानीय उत्पादनको ब्रान्डिङ, बजार विस्तार र उद्यमी सञ्जाल निर्माणमा सक्रिय रूपमा लागिरहेकी छन् ।
सापकोटाका अनुसार उनीहरूले ‘इलाम विथ इलाम’ नामक अवधारणामार्फत स्थानीय उत्पादनलाई ब्रान्डिङ गर्दै आएका छन्।
‘हामी इलामको लोकल घिउ ब्रान्डिङ गरेर बेचिरहेका छौँ, चियालाई मार्केटिङ गरिरहेका छौँ,’ उनी भन्छिन्, ‘हाम्रो केही उत्पादन आफै उत्पादन गर्छौँ भने केही सामूहिक रूपमा ल्याउँछौँ।’
उनको काम केवल उत्पादनमा सीमित छैन। उनी पर्यटन क्षेत्रमा पनि सक्रिय छिन् । इलाममा होमस्टे र बीएनबी सञ्चालन गर्दै स्थानीय अर्थतन्त्रसँग उद्यमशीलतालाई जोड्ने प्रयास गरिरहेकी छन्।
झण्डै तीन दशक किराना तथा खाद्यान्न व्यवसायमा बिताएकी सापकोटाले पछि उद्यमशीलताको नयाँ यात्रा सुरु गरिन्।
‘लामो समय एउटै काम गरेपछि नयाँ केही गर्न मन लाग्यो,’ उनी भन्छिन्, ‘त्यसपछि उद्यमीहरूलाई सहयोग गर्ने सोचले यस क्षेत्रमा लागेँ।’
इलाम उद्योग वाणिज्य संघको पहिलो महिला अध्यक्ष बन्ने अनुभवले उनलाई उद्यमीहरूको समस्या नजिकबाट बुझ्ने अवसर दिएको थियो।
‘धेरै महिला उद्यमीहरू सुरु गरेर बीचमै व्यवसाय छोड्ने देखेँ,’ उनी सम्झिन्छिन्, ‘किनकि उनीहरूसँग स्पष्ट मार्गदर्शन थिएन।’
त्यही अनुभवले उनलाई अहिले उद्यमीहरूलाई संगठित गर्ने र सहयोग गर्ने दिशामा अघि बढाएको छ।
सापकोटाका अनुसार, यस्ता मेलाहरू केवल व्यापारका लागि होइन, सिकाइ र नेटवर्किङका लागि अत्यन्त महत्वपूर्ण हुन्छन्।
‘यहाँ धेरै मान्छेसँग सम्पर्क हुन्छ, समस्या राख्न र समाधान खोज्न पाइन्छ,’ उनी भन्छिन्, ‘देशभरका महिला उद्यमी भेटिन्छन्, उनीहरूको प्रगति देख्दा ऊर्जा मिल्छ।’
उनले मेलाबाट लेबलिङ, प्याकेजिङ र बजार व्यवस्थापन सम्बन्धी ज्ञान समेत बढेको बताइन् ।
इलामबाट पहिले चिया र छुर्पी मात्र बाहिर जाने गरेको अवस्थामा अहिले विविध उत्पादनहरू विस्तार हुँदै गएका छन्।
‘अचार, चकलेट, जडीबुटी लगायतका उत्पादनहरू पनि अहिले साना–साना परिमाणमा अन्तर्राष्ट्रिय बजारमा जान थालेका छन्,’ उनी भन्छिन्।
यद्यपि, निर्यात प्रक्रियाबारे पर्याप्त जानकारीको अभाव र जटिलता अझै चुनौतीका रूपमा रहेको उनले उल्लेख गरिन् । सापकोटाले उद्यमशीलताको विकासमा नीतिगत कठिनाइ प्रमुख समस्या रहेको बताइन्।
‘महिला उद्यमीलाई सुरुका केही वर्ष सहज वातावरण दिनुपर्छ,’ उनी भन्छिन्, ‘त्यसपछि मात्रै उनीहरू सक्षम भएर कर तिर्न सक्छन्।’
सापकोटाले राज्यलाई साना उद्यमीप्रति बढी संवेदनशील बन्न आग्रह गरिन्।
‘उद्यमीलाई सुरु गर्नेबित्तिकै कर थोपर्ने होइन, चल्न सक्ने वातावरण बनाउनुपर्छ,’ उनी भन्छिन्।
उनका अनुसार, स्थानीय तह, प्रदेश र संघीय सरकारबीच समन्वय गरी महिला उद्यमशीलता प्रवद्र्धनका लागि स्पष्ट नीति र प्रभावकारी कार्यान्वयन आवश्यक छ ।
यदि उद्यमशीलतालाई प्राथमिकता दिइयो भने विदेश पलायन घटाउन सकिन्छ भन्ने सापकोटाको विश्वास छ ।
‘गाउँमै उत्पादन भयो भने त्यहीँ रोजगारी सिर्जना हुन्छ,’ उनी भन्छिन्, ‘महिला, युवा, वृद्ध सबैले काम पाउन सक्छन्।’
मेलामा विभिन्न जिल्लाका घरेलु ,साना तथा मझौला महिला उद्यमी ,व्यवसायी तथा निर्यातकर्ता सहित विभिन्न देशका महिला उद्यमीहरुको सहभागिता रथियो ।
यदि दृढ इच्छा, निरन्तर मेहनत र परिवारको साथ मिल्यो भने, नेपाली महिला उद्यमीहरूले देशभित्र मात्र होइन, विश्व बजारमा पनि आफ्नो पहिचान स्थापित गर्न सक्छन्। यो मेलाको मूल सन्देश भनेकै स्वदेशी उत्पादनको प्रयोग र प्रवद्र्धनमार्फत आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नु थियो ।
मेलामा जम्म १४० वटा स्टलहरु थिए । मेलामा हस्तकलाका सामानहरु जस्तैःप्राकृतिक रेसाजन्य वस्तुहरु,ढाका सामानहरु ,गलैचा,हाते कागनका सामानहरु ,जैविक खाद्य पदार्थ,स्वदेशी रैथाने खानेकुराका परिकारहरु,कृषिजन्य उत्पादन,जडिबुटीका सामानहरु ,विभिन्न मुर्तिहरु,गरगहना र सजावटका सामानहरु साथै विभिन्न सेवा प्रदायक संस्थाहरुका स्टलहरु आकर्षक ढंगले प्रदर्शनीमा राखिएको थियो ।
Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.
Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.
KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.
Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.
Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.
Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.
Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.
Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.