काठमाडौं । गीतकार आनन्द अधिकारीले चलचित्रमा गीतको भूमिका तथा गीतकारको हकअधिकारसम्बन्धी कार्यशाला कार्यक्रममा बोल्दै गीतलाई चलचित्रको ‘प्राण’का रूपमा व्याख्या गरेका छन् ।
कार्यक्रममा उनले चलचित्रको संरचना र प्रभावबारे विस्तारमा चर्चा गर्दै चलचित्रले समाजको यथार्थ, मानवीय संवेदनालाई प्रस्तुत गर्ने हुँदा यस्तो शक्तिशाली माध्यमभित्र गीतको भूमिका अत्यन्त महत्वपूर्ण हुने बताएका हुन् ।
उनले भने, ‘चलचित्र केवल दृश्यहरूको श्रृङ्खला वा समुह मात्र होइन, यो भावना, विचार र कथाको एक सशक्त माध्यम हो । चलचित्रले समाजको यथार्थ, मानवीय संवेदना र कल्पनालाई प्रस्तुत गर्छ । यस्तो शक्तिशाली माध्यमभित्र गीतको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ । चलचित्रको कथालाई शरीर मान्ने हो भने गीत त्यसको प्राण हो, जसले कथालाई जीवन्त बनाउने मात्र होइन, दर्शकको मनमा गहिरो प्रभाव पार्ने काम गर्छ ।’
उनका अनुसार गीतले दृश्यले व्यक्त गर्न नसक्ने भावनाहरूलाई सहज रूपमा अभिव्यक्त गर्न सक्छ ।
‘कहिलेकाहीँ एउटा गीतले पूरै कथा बोक्ने क्षमता राख्छ । यसले दर्शकको मनसँग प्रत्यक्ष संवाद गर्छ र उनीहरूलाई कथासँग भावनात्मक रूपमा जोड्छ,’ उनले भने ।
प्रविधिको तीव्र विकाससँगै चलचित्रका विधा, प्रस्तुति शैली र सामग्रीमा पनि व्यापक परिवर्तन आएको उल्लेख गर्दै उनले विशेषगरी एनिमेटेड र हिंसात्मक चलचित्रको प्रभावबारे चिन्ता व्यक्त गरे ।
उनले भने, ‘आजको समयमा प्रविधिको पहुँचले चलचित्र निर्माणलाई सजिलो बनाएको छ, तर त्यससँगै सामग्रीको प्रकृति पनि परिवर्तन भएको छ । विशेषगरी हिंसात्मक दृश्यहरू भएका चलचित्रको संख्या बढ्दै गएको छ, जसले समाजमा दीर्घकालीन प्रभाव पार्न सक्छ ।’
विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरू फ्रान्सको सरकारी एजेन्सी, ‘सेभ द चिल्ड्रेन’, फिनल्याण्डका अनुसन्धान समूह, भारतीय प्रविधि संस्थान तथा अमेरिकी एकेडेमी कन्फेरेन्सले गरेका अध्ययनहरूको उदाहरण दिँदै उनले हिंसात्मक चलचित्रको मनोवैज्ञानिक असर गम्भीर रहेको बताए ।
‘ती अनुसन्धानहरूले देखाएको छ कि यस्ता चलचित्रहरूले मानिसको मानसिक स्वास्थ्यमा नकारात्मक प्रभाव पार्छन् । संवेदनशीलता घट्ने, हिंसाप्रति सामान्यीकरण हुने, सहानुभूति कम हुने र आत्महत्यासम्बन्धी जोखिम समेत बढ्ने देखिन्छ,’ उनले उल्लेख गरे । उनका अनुसार यस्ता प्रभावहरूमा गीतको प्रयोगले थप असर पुर्याउन सक्छ ।
‘जब हिंसात्मक दृश्यसँगै गीत जोडिन्छ, त्यसले भावनात्मक प्रभावलाई अझ तीव्र बनाउँछ । गीतले दृश्यलाई सुन्दर बनाउने मात्र होइन, त्यसलाई दर्शकको मनमा अझ गहिरो रूपमा बसाल्ने काम गर्छ, जसले नकारात्मक प्रभावलाई समेत बढाउन सक्छ,’ उनले स्पष्ट पार्दै भने, ‘चलचित्रले समाजको यथार्थ, मानवीय संवेदना र कल्पनालाई प्रस्तुत गर्छ । यस्तो शक्तिशाली माध्यमभित्र गीतको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ ।’
उनले विशेषगरी बालबालिका, किशोर–किशोरी, तेस्रो लिंगी तथा महिलाहरू यस्ता सामग्रीबाट बढी प्रभावित हुने उल्लेख गरे । ‘यी समूहहरू भावनात्मक रूपमा बढी संवेदनशील हुन्छन्, त्यसैले हिंसात्मक तथा नकारात्मक सामग्रीले उनीहरूमा दीर्घकालीन असर पार्न सक्छ,’ उनले भने ।
उनले चलचित्र निर्माता, निर्देशक, संगीतकार तथा गीतकारहरूलाई जिम्मेवार र सचेत भएर सिर्जना गर्न आग्रह गरे ।
‘यस्तो हिंसाबाट बालबालिका, किशोर किशोरीहरु, तेस्रो लिङ्गी र महिलाहरु बढी प्रभावित हुने देखिन्छ । त्यसैले निर्माताहरुले यस विषयलाई बुझेर चलचित्र निर्माण गर्नुपर्छ र गीतहरु पनि त्यही अनुरुप आउनुपर्छ,’ उनले भने ।
Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.
Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.
KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.
Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.
Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.
Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.
Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.
Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.