काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कांग्रेसको तर्फबाट बर्दिया क्षेत्र नम्बर १ का उम्मेद्वार सञ्जय कुमार गौतमले आफ्ना प्राथमिकता तथा एजेण्डाहरुलाई समेटेर संकल्पपत्र सार्बजनिक गरेका छन् ।
गौतमले भष्ट्राचार र कुशासनको अन्त्य गर्दै समुन्नत राष्ट्र निर्माणको अभियान नेपाली काँग्रेसको नेतृत्वमा मात्र सम्भव भएको भन्दै राष्ट्रिय राजनीतिको मुल प्रवाहबाट पछाडि परेको र विकासका अवसरबाट वञ्चित भएको बर्दिया जिल्लालाई समृद्धिको बाटोमा अगाडि बढाउन र विकसित बनाउन मैले निरन्तर प्रयत्न गर्दै आएको र आफूले शुरु गरेका महत्वपूर्ण काम तथा आयोजनाहरु केही पुरा भएका र केही अधुरा, बाँकी कामहरु सम्पन्न गरी बर्दियाको स्वरुप परिवर्तन गर्ने दायित्व सहित चुनावी मैदानमा होमिएको बताएका छन् ।
मुलुकमा भ्रष्टाचारको अन्त्य तथा सुशासन कायम संवैधानिक अंगलाई थप अधिकार सम्पन्न र जिम्मेवार बनाउन संसदमार्फत ठोस पहल गर्ने, महिला, युवा तथा तरुणहरुमा देशभित्रै आफ्नो भविष्य निर्माणका लागि जिल्लामा रहेको जल, जमिन र कृषिको समुचित प्रयोग गर्दै कृषिमा आधारित उद्योगहरु खोली महिला तथा युवाहरुलाई क्षमता अनुसारको रोजगारीका अवसर सिर्जना गर्ने आफ्ना प्राथमिकतामा राखेका छन् ।
यसैगरी ‘हाम्रो बर्दिया राम्रो बर्दिया’ अभियानप्रति प्रतिबद्व रहँदै विकास र निकासलाई मूर्त रुप दिन ताराताललाई रारातालसँग जोड्न, भुरीगाँउ–तेलपानी सडक निर्माणको योजना अगाडि बढाउने, ‘बर्दिया जिल्ला, अन्तराष्ट्रिय नाकाको जिल्ला’ अभियान सफल पार्न उद्योग, व्यापार, व्यवसाय, धार्मिक एवं प्राकृतिक पर्यटनलाई व्यवस्थित तथा समुन्नत वनाउन (गुलरिया) सदरमुकामबाट छिमेकी मुलुक भारततर्पmको व्यापार नाका संचालनमा ल्याउन आफुले सुरु गरेको प्रयासलाई पुर्णता दिने पनि आफ्नो संकल्पपत्रमा राखेका छन् ।
‘बर्दियाका किसानहरुको मुहारमा मुस्कान, हाम्रो मुख्य अभियान’ भन्ने मुल मर्मलाई आत्मसात गर्दै किसानहरुको खेतसम्म सिंचाई, उन्नत वीउविजन र मलको व्यवस्था गर्दै कृषि उपजको भण्डारण तथा बजारीकरण गर्नका लागि शीतभण्डार तथा कृषि प्रशोधन केन्द्रको स्थापना गर्ने पनि उनको लक्ष्य रहेको छ ।
बबई सिंचाइ आयोजनाको पूर्वी नहरवाट पहुँच पुग्न नसकेको पूर्व–पश्चिम राजमार्गको उत्तरी भाग (बाँसगढी नपा) कृषि योग्य जमिन सिंचाइका लागि सिंचाइ आयोजना सञ्चालनमा ल्याउने सिँचाई, सडक, पुल, तटबन्धन, संघन शहरी विकास कार्यक्रम अन्तर्गतका बाँकी (नपा÷गापा)अधुरा कामहरु पुरा गर्नका लागि आफू पुनः एकपटक बर्दियाबाट उम्मेद्वार बनेको गौतमको भनाइ छ ।
बर्दिया जिल्ला अस्पताललाई आइसीयू सुविधायुक्त अस्पतालको रुपमा स्तररोत्रति गरी विशेषज्ञ जनशक्तिसहितको सेवा प्रदान गर्ने अस्पतालको रुपमा विकास गर्नुका साथै जिल्ला अस्पतालमा सिकलसेल एनीमिया रोगको उपचारको लागि छुट्टै व्लक स्थापना गर्ने पनि उनको योजना रहेको छ।
मानव वन्यजन्तु बीचको द्वन्द्वलाई न्यूनीकरण गर्न वनजंगलको क्षेत्रफलको अनुपातमा वन्यजन्तुको संख्या यकिन गरि व्यस्थित रुपले संरक्षण गर्ने, बनक्षेत्रको अनुपात भन्दा बढी रहेका जंगली जनावरहरुलाई उपयुक्त स्थानको पहिचान गरी स्थान्तरण गर्नुका साथै वनजंगल मार्फत पर्यटन, आयआर्जन र रोजगारीको अवसर सिर्जना गर्ने नीति एवं कानुन निर्माणमा अग्रणी भुमिका खेल्ने पनि गौतमको संकल्पपत्रमा उल्लेख छ ।
बर्दिया जिल्ला पर्यटकीय जिल्ला अभियानलाई पुर्णता दिन बर्दियामा रहेको राष्ट्रिय निकुञ्ज, कृष्णसार संरक्षण क्षेत्र, बढैयाताल, सतखलुवा ताल लगाएतका प्राकृतिक तथा धार्मिक सम्पदाहरुलाई ब्यस्थित गर्दै राष्ट्रिय अन्तराष्ट्रिय रुपमा बजारीकरण गरि पर्यटकको मुख्य गन्तब्य स्थल बनाई ब्यापार ब्यवसायका साथसाथै रोजगारीको अवसर समेत सिर्जना गर्नुका साथै थारु लगाएत विविध समुदायको महान पर्वहरुलाई बर्दियाको विशिष्ट पर्यटकीय उत्सवको रुपमा राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरमा प्रचार प्रसार गर्ने उनको भनाइ छ । यस्तै सीमान्तकृत, लोपोन्मुख समुदायको विविध कला एवं संस्कृतिको संरक्षण र सम्बद्र्धनमा उनको जोड रहेको छ ।
Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.
Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.
KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.
Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.
Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.
Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.
Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.
Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.