काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को आसन्न भारत भ्रमणमा आर्थिक एजेन्डालाई प्राथमिकताका साथ उठाउन पूर्वअर्थमन्त्रीहरूले सुझाव दिएका छन् । उनीहरूले नेपाल–भारतबीचको व्यापार घाटा न्यूनीकरण, नेपाली उत्पादनको भारतीय बजारमा सहज पहुँच, विद्युत् व्यापार र लगानी विस्तारलाई भ्रमणको महत्वपूर्ण विषय बनाउनुपर्ने बताएका हुन् ।
नेपाल र भारतबीचको आर्थिक सम्बन्ध लामो समयदेखि असन्तुलित रहेको उल्लेख गर्दै पूर्वअर्थमन्त्रीहरूले त्यसलाई सुधार्न तत्कालीन व्यापारिक समस्या समाधानसँगै संरचनात्मक परिवर्तनको विषय उठाउनुपर्ने बताएका छन् । प्रधानमन्त्रीको भारत भ्रमणलाई दुई देशबीचको आर्थिक सहकार्य विस्तार र नेपालको आर्थिक निर्भरता सन्तुलित बनाउने अवसरका रूपमा उपयोग गर्नुपर्ने उनीहरूको भनाइ छ ।
पूर्वप्रधानमन्त्री तथा पूर्वअर्थमन्त्री डा. बाबुराम भट्टराईले नेपाल र भारतबीचको आर्थिक सम्बन्ध संरचनात्मक रूपमा नै निर्भरतामा आधारित रहेको बताए । नेपालले भारतबाट तयारी वस्तु आयात गर्ने तर कच्चा पदार्थ निर्यात गर्ने प्रवृत्तिले व्यापार असन्तुलन बढाएको उनको भनाइ छ ।
नेपालको निर्यात–आयात अनुपात ऐतिहासिक रूपमा कमजोर हुँदै गएको उल्लेख गर्दै उनले यसलाई सामान्य व्यापारिक समस्याका रूपमा मात्र हेर्न नहुने बताए । नेपालले कच्चा पदार्थ निर्यात गर्ने र त्यसैबाट बनेका तयारी वस्तु पुनः आयात गर्ने अवस्थाले दुई देशबीचको आर्थिक सम्बन्ध असमान बनाएको उनको विश्लेषण छ ।
भट्टराईले भारतसँगको व्यापार सम्बन्धलाई सन्तुलित बनाउन नेपाली उत्पादनको बजार पहुँच सहज बनाउनुका साथै गैरभन्सार अवरोध हटाउनुपर्ने बताए । विशेषगरी नेपाली कृषि उत्पादन भारतीय बजारमा निर्यात गर्दा क्वारेन्टाइन, उत्पत्तिको प्रमाणपत्रलगायत प्रक्रियामा झन्झट हुने गरेको भन्दै त्यसलाई सहजीकरण गर्नुपर्ने उनको सुझाव छ ।
उनले भारतसँगको खुला सिमानालाई बन्द गर्नुभन्दा व्यवस्थित र नियमन गर्नुपर्ने धारणा राखे । भारतको अर्थतन्त्र र उत्पादनको आकार नेपालको तुलनामा निकै ठूलो भएकाले सानो अर्थतन्त्रको उत्पादन र बजारलाई संरक्षण गर्ने विषयमा पनि ध्यान दिनुपर्ने उनले बताए ।
‘खुला सिमाना छ, अर्थतन्त्रको आकार र उत्पादनको स्केल ठूलो भएको मुलुकसँग प्रतिस्पर्धा गर्दा सानो अर्थतन्त्रले आफ्नो उत्पादन र बजारको सुरक्षा पाउनुपर्छ,’ भट्टराईको भनाइ छ ।
उनले प्रधानमन्त्रीको भ्रमणका क्रममा तत्कालका केही सहुलियत माग्नुभन्दा दीर्घकालीन आर्थिक सम्बन्ध सुधारको दृष्टिकोणसहित भिजन पेपर प्रस्तुत गर्नुपर्ने बताए । नेपाल र भारतबीचको आर्थिक निर्भरतालाई कसरी सन्तुलित बनाउने भन्ने विषयलाई उच्चस्तरीय संवादमा उठाउनुपर्ने उनको सुझाव छ ।
भट्टराईले विद्युत् व्यापारलाई पनि आर्थिक सहकार्यको महत्वपूर्ण क्षेत्रका रूपमा प्रस्तुत गरे । नेपालमा उत्पादित विद्युत् भारत हुँदै बंगलादेशसम्म निर्वाध रूपमा निर्यात गर्न सकिने व्यवस्था हुनुपर्ने उनको भनाइ छ । विद्युत् व्यापारमा अनावश्यक सर्त नराखी यसलाई व्यावसायिक कारोबारका रूपमा अघि बढाउनुपर्ने उनले बताए ।
त्यस्तै, पर्यटन प्रवद्र्धनका लागि हवाई मार्ग विस्तार गर्नुपर्नेमा पनि उनले जोड दिए । पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय पर्यटकको आवागमन सहज बनाउन भारतले थप हवाई प्रवेश मार्ग उपलब्ध गराउनुपर्ने उनको सुझाव छ ।
पूर्वअर्थमन्त्री प्रकाशशरण महतले पनि प्रधानमन्त्रीको भारत भ्रमणमा राष्ट्रिय आर्थिक स्वार्थका विषय तर्क र तथ्यसहित प्रस्तुत गर्नुपर्ने बताए । भारत नेपालको महत्वपूर्ण व्यापारिक साझेदार र निकट छिमेकी भएकाले भ्रमणले दुई देशबीच विश्वास बढाउनुका साथै आर्थिक तथा व्यावसायिक समस्याको समाधान खोज्नुपर्ने उनको भनाइ छ ।
महतले व्यापार घाटा न्यूनीकरण र निर्यात प्रवद्र्धनलाई प्राथमिकतामा राख्नुपर्ने बताए । नेपाली कृषि उत्पादनको भारतीय बजारमा पहुँच विस्तार गर्न क्वारेन्टाइन तथा अन्य प्रशासनिक प्रक्रियामा रहेका समस्या समाधान गर्नुपर्ने उनको सुझाव छ ।
‘हाम्रो व्यापार घाटाका समस्या छन्, कृषि जन्य वस्तुको बजार र निर्यात बढाउने विषय छन् । क्वारेन्टाइनका समस्या छन् । यी विषयमा गम्भीर तयारी गरेर प्रधानमन्त्री जानुपर्छ,’ महतले भने ।
उनले नेपाल र भारतबीच दीर्घकालीन विद्युत् व्यापार सम्झौता, जलविद्युत्मा भारतीय लगानी र प्रसारण लाइन विस्तारलाई पनि भ्रमणको महत्वपूर्ण आर्थिक एजेन्डा बनाउनुपर्ने बताए । नेपालको विद्युत् उत्पादन क्षमता विस्तार हुँदै गएको अवस्थामा त्यसको बजार सुनिश्चित गर्न दीर्घकालीन व्यापार व्यवस्था आवश्यक रहेको उनको भनाइ छ ।
महतले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतका विभिन्न सहरमा सिधा उडान सञ्चालन गर्ने विषयलाई पनि प्राथमिकताका साथ उठाउनुपर्ने बताए । यसले पर्यटन प्रवद्र्धन र आर्थिक गतिविधि विस्तारमा सहयोग पुग्ने उनको धारणा छ ।
त्यस्तै, महाकाली सन्धिअन्तर्गतका बाँकी काम र अन्य द्विपक्षीय सम्झौता कार्यान्वयनको विषयलाई पनि प्रधानमन्त्रीले उठाउनुपर्ने उनले बताए । दुई देशबीचका विवाद तथा आर्थिक मुद्दा समाधान गर्न पर्याप्त गृहकार्य र तथ्यसहित कूटनीतिक संवाद आवश्यक रहेको उनको भनाइ छ ।
महतले भारतको पनि नेपालसँग सुरक्षा तथा अन्य विषयमा चासो र अपेक्षा रहेकाले दुवै देशका सरोकारलाई ध्यानमा राखेर राष्ट्रिय हितअनुकूल सहकार्य अघि बढाउनुपर्ने बताए । पूर्वअर्थमन्त्रीद्वयका सुझावले नेपाल–भारत आर्थिक सम्बन्धमा तत्कालीन व्यापारिक सहजीकरणदेखि दीर्घकालीन संरचनात्मक सुधारसम्मका विषयलाई प्राथमिकतामा राख्नुपर्ने देखाएको छ ।
Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.
Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.
KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.
Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.
Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.
Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.
Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.
Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.