×

भ्रष्टाचार नियन्त्रण सरकारको मुख्य जिम्मेवारी : प्रमुख आयुक्त राई

खालीपाना न्युजडेस्क | १ महिना अगाडि

 २६ माघ, काठमाडौं ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार नियन्त्रण गर्ने पहिलो र प्रमुख जिम्मेवारी सरकारकै भएको बताएका छन्।

आयोगको ३५ औँ स्थापना दिवसका अवसरमा सोमबार आयोजित पुरस्कार तथा प्रशंसापत्र वितरण कार्यक्रममा बोल्दै उनले भ्रष्टाचार नियन्त्रणलाई सरकारले उच्च प्राथमिकतामा राख्नुपर्ने बताए। सुशासन कायम गर्न संघीय, प्रदेश र स्थानीय तीनै तहका सरकारले ऐन, नियम र कानुनको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा उनले विशेष जोड दिए।

राईका अनुसार अख्तियार भ्रष्टाचार नियन्त्रणको अन्तिम अस्त्रका रूपमा प्रयोग हुने संस्था हो। सुशासन कायम गर्न सरकारसँगै नागरिक समाज र सञ्चारजगतको भूमिका पनि उत्तिकै महत्वपूर्ण रहने उनले उल्लेख गरे।

आयोगप्रति हेर्ने दृष्टिकोणमा पछिल्लो समय परिवर्तन आएको दाबी गर्दै उनले विगतको तुलनामा आलोचना घटेको बताए। २०७७ माघ २१ गते आफूहरूले जिम्मेवारी सम्हालेको समय र अहिलेको अवस्थाबीच ठूलो फरक देखिएको उनको भनाइ थियो। “पहिले आयोगमाथि धेरै आलोचना हुन्थ्यो, अहिले त्यो उल्लेख्य रूपमा घटेको छ,” उनले भने, “पाँच वर्षे कार्यकालमा आयोगको स्तर उकास्ने प्रयास गरेका छौँ।”

अख्तियार ऐन, नियम र कानुनअनुसार निरन्तर सक्रिय रहेको बताउँदै उनले भ्रष्टाचार नियन्त्रणका लागि जनशक्ति थपिएको, कार्यशैली सुधार गरिएको र प्रविधिको प्रयोग विस्तार गरिएको जानकारी दिए।

यद्यपि भ्रष्टाचारका स्वरूप झन् जटिल र चुनौतीपूर्ण बन्दै गएको भन्दै उनले अब अझ सशक्त ढंगले अघि बढ्नुपर्ने आवश्यकता औंल्याए। पछिल्ला वर्षहरूमा आयोगप्रति जनविश्वास बढ्दै गएको उनको दाबी छ।

“हाम्रो मूल उद्देश्य सुशासन स्थापना गर्नु हो,” उनले भने, “कानुनको दायराभित्र रहेर भ्रष्टाचार नियन्त्रणमा हामी निरन्तर काम गरिरहेका छौँ, र अब अझ प्रभावकारी रूपमा अगाडि बढ्छौँ।”


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.