×

‘आबाट आमा’ को बक्सअफिसमा धमाका, १० दिनमै ५ करोड २० लाख कमाइ

खालीपाना न्युजडेस्क | ४ महिना अगाडि

काठमाडौं । पल शाह अभिनित फिल्म ‘आबाट आमा’ ले घरेलु बक्सअफिसमा उत्साहजनक व्यापार गर्दै सफलता उन्मुख यात्रा तय गरेको छ। प्रदर्शनको पहिलो १० दिनमै फिल्मले देशभरबाट ५ करोड २० लाख रुपैयाँ ग्रस कमाइ गर्न सफल भएको हो।

चन्द्र पन्तको निर्देशनमा तयार भएको यो फिल्म १६ माघ शुक्रबार देखि देशव्यापी प्रदर्शनमा आएको थियो। प्रदर्शन सुरु भएको छोटो समयमै दर्शकको राम्रो साथ पाउँदै हलहरूमा उल्लेख्य भीड देखिएको छ।

उक्त अवधिसम्म फिल्मका १ लाख ७६ हजारभन्दा बढी टिकट बिक्री भइसकेका छन्। यसअघि २४ माघ अर्थात् पछिल्लो शनिबारसम्म फिल्मले ४ करोड ८० लाख ९० हजार ४ सय ८७ रुपैयाँ ग्रस संकलन गरेको तथ्यांक सार्वजनिक गरिएको थियो। त्यसपछि आइतबारको कमाइ जोडिँदा फिल्म ५ करोड नाघ्न सफल भएको हो।

फिल्ममा शीर्ष पात्र कृष्ण को भूमिकामा पल शाह देखिएका छन्। उनका आमाबुबाको भूमिकामा प्रदीप रावतविपना थापा छन्। त्यसैगरी उषा उप्रेती प्रेम सम्बन्धको पात्रका रूपमा छिन् भने सिम्रन पन्त कृष्णलाई मन पराउने तर नपाएपछि बदलाको बाटो रोज्ने चरित्रमा देखिएकी छन्।

फिल्ममा प्रकाश कुवँर, ध्रुव न्यौपाने र क्षितिज ढुंगाना को लगानी रहेको छ। दर्शकको साथ कायम रहेमा आगामी दिनमा कमाइ अझै उकालो लाग्ने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.