×

कोशी एक्सिलेन्स अवार्डको तयारी हुँदै, कान्तिपुरले प्रत्यक्ष प्रशारण गर्ने

खालीपाना न्युजडेस्क | ४ महिना अगाडि

काठमाडौं । कोशी एक्सिलेन्स अवार्ड २०२६ को प्रत्यक्ष प्रसारण कान्तिपुर टेलिभिजनबाट हुने भएको छ ।
बिहीबार नयन मिडिया फाउन्डेसनका अध्यक्ष पवन अधिकारी र कान्तिपुर टेलिभिजनका विजनेश प्रमुख सागर केसी र मार्केटिङ मेनेजर अनुपम अधिकारी बिच कोशी एक्सिलेन्स अवार्ड वितरण कार्यक्रमको प्रत्यक्ष प्रसारण गर्ने सम्झौता भएको हो ।
आउँदो फागुन ७ गते इटहरीको सोल्टी वेस्ट्रन होटेलमा कोशी प्रदेशको पर्यटन, व्यापार र सामाजिक सांस्कृतिक पहिचान प्रवर्धनका लागि योगदान गर्ने उद्देश्यले कोशी एक्सिलेन्स अवार्ड – २०२६ आयोजना हुँदैछ ।
कोशी प्रदेशकै सबैभन्दा ठुलो र प्रतिष्ठित अवार्डका रूपमा स्थापित यस कार्यक्रमले कोशी प्रदेशमा जन्मिएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने व्यक्तित्वलाई सम्मान गर्दै आएको छ।
यस वर्ष अवार्डलाई अझ परिष्कृत र प्रभावशाली बनाउन तीन नयाँ विधा अटोमोबाइल, सङ्गीत र क्यापिटल मार्केट थप गरेर कुल १६ विधामा अवार्ड प्रदान गरिने आयोजक संस्था नयन मिडिया फाउन्डेसनका अध्यक्ष पवन अधिकारीले बताए।
गत वर्ष शिक्षा, स्वास्थ्य, सञ्चार, साहित्य, पर्यटन, कृषि, कर्पोरेट, बैंकिङ, खेलकुद, सामाजिक, स्टार्टअप, टेक्नोलोजी र इन्स्योरेन्स लगायत दर्जनभन्दा बढी विधामा अवार्ड प्रदान गरिएको उनले बताए ।

अवार्डलाई थप विश्वासिलो र राष्ट्रिय स्तरको बनाउने उद्देश्यले उच्चस्तरीय निर्णायक समिति गठन गरिएको अध्यक्ष अधिकारीले बताए ।

निर्णायक समितिमा नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर महाप्रसाद अधिकारी प्रमुख सल्लाहकार रहेका छन् भने संविधानसभा सदस्य पवन शारडाको संयोजकत्वमा चार सदस्यीय निर्णायक मण्डल गठन गरिएको छ । समितिले अवार्ड प्राप्तकर्ताको छनोट प्रक्रिया तीव्र र पारदर्शी ढङ्गले अघि बढाइरहेको उनले जानकारी दिए।

कोशी प्रदेश सरकारले कोशी पर्यटन वर्ष–२०८२’ को तयारीलाई अघि बढाइरहेको सन्दर्भमा, अवार्ड कार्यक्रमले प्रदेशको पर्यटन, व्यापार र सामाजिक सांस्कृतिक पहिचान प्रवद्र्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने आयोजकको विश्वास छ।

अध्यक्ष अधिकारीका अनुसार, कार्यक्रमले व्यापारसँगै पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउनेछ र कोशी पर्यटनलाई राष्ट्रिय स्तरमै चिनाउने लक्ष्य रहेको छ ।

अवार्ड कार्यक्रमको व्यवस्थापन इटहरीस्थित काफल्सले गर्ने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.