×

कांग्रेसमा नेतृत्व प्रतिस्पर्धा तातियो : गगन, शेखर कि खड्का ?

खालीपाना न्युजडेस्क | २ महिना अगाडि

काठमाडाैँ । नेपाली कांग्रेसले पुस २६ देखि २८ गतेसम्म १५औँ महाधिवेशन गर्ने निर्णय गरेसँगै पार्टीभित्र नेतृत्व चयनको बहस खुला रूपमा सतहमा आएको छ। सभापति शेरबहादुर देउवा पुनः उम्मेदवार नबन्ने स्पष्ट संकेतपछि उत्तराधिकारीको खोजी पार्टीभित्र प्रमुख एजेन्डाका रूपमा उभिएको छ।

यद्यपि क्रियाशील सदस्यता टुंगो नलागिसकेको कारण, तोकिएको समयमा महाधिवेशन सम्पन्न हुने–नहुनेबारे आन्तरिक रूपमा आशंका व्यक्त भइरहेका छन्। देउवाको निर्णयअनुसार कार्यवाहक जिम्मेवारीमा रहेका उपसभापति पूर्णबहादुर खड्का स्वाभाविक विकल्पका रूपमा देखिए पनि नेतृत्व क्षमताबारे उठेका प्रश्नले उनलाई चुनौती थपिदिएको छ।

संस्थापन निकट पूर्वपदाधिकारी—गोपालमान श्रेष्ठ, कृष्णप्रसाद सिटौला, शशांक कोइराला, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, प्रकाशमान सिंह र प्रकाशशरण महतबीच एउटै नामलाई अघि सार्ने उद्देश्यले निरन्तर परामर्श जारी छ।

उता १४औँ महाधिवेशनको गठबन्धन फेरि एकठाउँ उभिन सक्ने संकेत देखिएको छ। शेखर कोइराला र गगन थापा एउटै प्लेटफर्ममा आउनुपर्ने दबाब बढ्दै गएको छ। गगन थापाले सभापतिमा खुलै दाबी गरिसकेका छन् भने शशांक–शेखर समूहले ‘एक मात्र उम्मेदवार’ दिने संकेत सार्वजनिक रूपमै झल्काइरहेका छन्।

पार्टीभित्र ‘युवा नेतृत्व अबैधारणीय माग’ बनेको व्याख्या भइरहेका बेला, विशेष महाधिवेशनका लागि ५४ प्रतिशत हस्ताक्षर बटुल्न सफल गगनथापालाई सर्वसम्मत सभापति बनाउने आवाज आन्तरिक वृत्तमा विस्तार हुँदै गएको देखिन्छ।

देउवा पछि कांग्रेसमा शक्ति संतुलनको नयाँ गणित स्पष्ट हुँदै जाँदा अन्तिम प्रतिस्पर्धा गगन थापा, शेखर/शशांक कोइराला र पूर्णबहादुर खड्का—यी तीन सम्भावित ध्रुवबीच सीमित हुने प्रारम्भिक मूल्यांकनहरू सार्वजनिक चर्चामा आइसकेका छन्।

Facebook Comments Box
0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x