काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अन्तर्गत Gen-Z युवाहरूको सहभागितामा संचालित ‘र्यापिड एक्सन टिम (RAT)’ ले बाराको कलैया–०३ मा वडास्तरीय चियापान कार्यक्रम सम्पन्न गरेको छ ।
र्यापिड एक्सन टिम बाराका जिल्ला संयोजक आदित्य मेहताको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रास्वपा जिल्ला सभापति चन्दन कुमार स्वर्णकार प्रमुख आतिथीको रूपमा उपस्थित रहे ।
समारोहको समन्वयन रास्वपा बारा क्षेत्र–३ का RAT सभापति अभिषेक पटेलले गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै सभापति स्वर्णकारले जन–धनमा ठगी र दुरुपयोग हुने कुनै पनि घटना बारामा देखिए तत्काल शान्तिपूर्ण तर दृढ आवाजसहित प्रतिरोध गर्ने जनशक्ति अब तयार भइसकेको बताए । उनले Gen-Z पुस्ताले नेतृत्व गरेको र्यापिड एक्सन टिम सदैँ ‘तयारी अवस्थामा’ रहने उल्लेख गर्दै अनुशासनमा रहेर गलत प्रवृत्तिबिरुद्ध कडा जवाफ दिने प्रतिबद्धता जनाए ।