काठमाडौँ । सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन निर्देशन दिएसँगै उनको पद संकटमा परेको छ। प्रदेशसभामा अहिलेको अंकगणित हेर्दा यादवले समर्थन जुटाउने सम्भावना निकै न्यून देखिन्छ। उनी एमाले संसदीय दलका नेता पनि हुन्।
यसअघि मधेस प्रदेशमा UML को सिफारिसमै नियुक्त भएका दुई शीर्ष पद — सभामुख रामचन्द्र मण्डल र प्रदेश प्रमुख सुमित्रा भण्डारी — दुवै पदमुक्त भइसकेका छन्। यो श्रृंखलाको मुख्य कारण भनेकै मुख्यमन्त्री सरोज यादवको हडबडीपूर्वक गरिएको नियुक्ति हो।
कात्तिक २२ गते निवर्तमान मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत लिने प्रक्रिया सुरु हुनुअघि नै राजीनामा दिए। त्यसपछि UML सबैभन्दा ठूलो दल भएकाले कात्तिक २३ गते प्रदेश प्रमुख भण्डारीले यादवलाई मुख्यमन्त्री नियुक्त गरिन्। भोलिपल्ट बिहानै बर्दिबासस्थित होटलमा सपथसमेत गराइयो।
तर यो प्रक्रिया संविधानविपरीत भएको भन्दै काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, लोसपा नेपाल लगायत दल सर्वोच्च पुगे। मुद्दामाथि सुनुवाइ गर्दै अदालतले यादवलाई २४ घण्टाभित्र बहुमत प्रमाणित गर्न आदेश दिएको हो। आदेशअनुसार बहुमत नजुटेमा उनी स्वाभाविकरूपमा पदबाट हट्नेछन्।
प्रदेशसभामै प्रतिनिधित्व गर्ने ७ दलका ७४ सांसद उनीविरुद्ध अदालत पुगेको भन्दै कानुनी विशेषज्ञहरू यादवलाई विश्वासको मत पाउने सम्भावना अत्यन्तै कम रहेको बताउँछन्।
अधिवक्ता दीपेन्द्र झाका अनुसार अदालतले संविधानको धारा १६८(३) लाई उचित स्थान नदिई १६८(२) मा फर्कनु भनेको मुख्यमन्त्रीकै अयोग्यता पुष्टि जस्तै हो।
मधेसमा UML ले पाएको तीनवटै प्रमुख पद गुमाउने स्थिति अहिलेको राजनीतिक घटनाक्रमसँग जोडिन्छ। जेनजी आन्दोलनपछि सुरु भएको अस्थिरता, सतिश सिंहको राजीनामा, सोनलको अल्पकालीन नेतृत्व र अन्ततः UML को तर्फबाट गरिएको विवादास्पद नियुक्तिले आजको अवस्थासम्म ल्याएको विश्लेषकहरू बताउँछन्।
यादवको नियुक्तिलगत्तै संघीय सरकारले प्रदेश प्रमुख भण्डारीलाई पदमुक्त गरी सुरेन्द्रलाल लाभलाई नयाँ प्रमुख नियुक्त गरिसकेको छ। त्यस्तै सात दलले कार्यशैली अनुचित भएको भन्दै सभामुख मण्डलमाथि महाअभियोग लगाएर हटाइसकेका छन्।
UML मधेस प्रदेश अध्यक्ष चन्देश्वर मण्डल भने यस घटनाले पार्टीमा कुनै असर नपर्ने दाबी गर्छन्। तर जनकपुरका राजनीतिक विश्लेषक भोगेन्द्र झाले UML को दम्भपूर्ण राजनीतिक व्यवहार नै आजको संकटको जड भएको टिप्पणी गरेका छन्।
Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.
Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.
KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.
Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.
Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.
Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.
Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.
Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.