×

सय किलो भन्दा बढी गाँजासहित दुई पक्राउ

खालीपाना न्युजडेस्क | २ हप्ता अगाडि

पर्सा प्रहरीले एकसय किलो भन्दा बढी लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । गाँजा ओसार–पसार भइरहेको सूचनाका आधारमा प्रहरीले सवारी साधन तथा पैदल यात्रुहरूलाई चेक गर्ने क्रममा कारबाट ठूलो परिमाणमा गाँजा बरामद गरेको हो ।

मनवाबाट रंगपुरतर्फ जाँदै गरेको बा.अ.ब ९३९८ नम्बरको कार रोकी खानतलासी गर्दा कारबाट १० वटा पोकामा लुकाइ राखिएको १ सय ४ किलो गाँजा बरामद गरिएको पर्सा प्रहरीका प्रवक्ता तथा सूचना अधिकारी डीएसपी राजु कार्कीले जानकारी दिए ।

उनका अनुसार मकवानपुर भिमफेदी गाउँपालिका–८ का ३२ वर्षीय भिम स्याङ्तान र मकवानपुर मकवानपुरगढी गाउँपालिका–१ आपटारका ३८ वर्षीय कुमार स्याङ्तानलाई पक्राउ गरिएको छ ।

गाँजा तस्करीमा प्रयोग गरिएको कार सहित उनीहरुलाई पक्राउ गरिएको उनले जानकारी दिए ।

उनीहरूलाई कार तथा गाँजासहित नियन्त्रणमा लिई लागुऔषधसम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यलय पर्साले जनाएको छ ।

Facebook Comments Box
0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x