×

मेक्सिकोभर जेन–जी शैलीको आन्दोलन उर्लियो

खालीपाना न्युजडेस्क | १२ महिना अगाडि

मेक्सिकोमा उरुआपानका मेयर कार्लोस मान्जोको सार्वजनिक रूपमा हत्या भएपछि सुरु भएको जेन–जी शैलीको विरोध आन्दोलन केही दिनमै देशव्यापी रूपमा फैलिएको छ। अपराध, भ्रष्टाचार र राज्य शक्तिको दुरुपयोगप्रति चरम असन्तुष्टि व्यक्त गर्न हजारौँ नागरिक सडकमा उत्रिएपछि मेक्सिकोका प्रमुख शहरहरू तनावग्रस्त बनेका छन्।

अहिले ‘जेन–जी मेक्सिको’ नामले पहिचान भएको समूहले सामाजिक सञ्जालमार्फत जारी गरेको घोषणापत्रमा आफूहरू कुनै राजनीतिक दलसँग नजोडिएको, पूर्णत: गैर–दलीय नागरिक समूह भएको र दीर्घकालीन हिंसा र भ्रष्टाचारबाट दिक्क भइसकेका युवाहरूको आवाज उठाइरहेको उल्लेख छ।

नोभेम्बरको सुरुमा आयोजित ठूलो प्रदर्शनमा मेक्सिको सिटीमा मुख छोपेका प्रदर्शनकारीहरूले नेशनल प्यालेस वरिपरिका बारहरू भत्काएपछि स्थिति तनावपूर्ण बनेको थियो। भीड नियन्त्रणका लागि परिचालित सुरक्षा बलले अश्रुग्यास प्रहार गरेपछि दुवै पक्षबीच झडप भएको थियो। सार्वजनिक सुरक्षा सचिव पाब्लो भाज्क्वेजका अनुसार कम्तीमा १०० प्रहरी घाइते भएका छन्, जसमा ४० जनालाई अस्पताल भर्ना गरिएको छ। साथै २० जनालाई पक्राउ गरिएको र अन्य २० जनामाथि प्रशासनिक कारबाही गरिएको बताइन्छ।

सामान्य नागरिकसमेत घाइते भएको पुष्टि हुँदै जाँदा आक्रोश अझ बढेको छ। पश्चिमी राज्य मिचोआकानमा ‘डे अफ द डेड’ कार्यक्रममा मेयर मान्जोको गोली हानी हत्या गरिएको घटनाप्रति असन्तुष्टि देशभर फैलिएको छ। धेरै प्रदर्शनकारीहरूले राष्ट्रपति क्लाउडिया शेनबामको पार्टी ‘मोरेना’ लाई नै जिम्मेवार ठहर्याउँदै ‘मोरेना आउट’ भन्दै नारा लगाएका छन्।

साथै, ‘कार्लोस मरेनन्, सरकारले मार्‍यो’ जस्ता नाराले सरकारी सुरक्षा संयन्त्रप्रति अविश्वास झन् बढेको देखिएको छ। यता शेनबाम प्रशासनले भने विरोध प्रदर्शनलाई ठूलो राजनीतिक शक्तिले उक्साएको भन्दै आन्दोलनको उद्देश्य र स्रोतमाथि प्रश्न उठाएको छ। सरकारको आरोपअनुसार सामाजिक सञ्जालमा बटहरू प्रयोग गरी प्रदर्शनलाई कृत्रिम रूपमा ठूलीकरण गरिएको हुनसक्छ।

युवाहरूको असन्तुष्टि, अपराधको बढ्दो दर, र प्रहरी–नागरिकको भिडन्तले मेक्सिकोमा राजनीतिक र सामाजिक अस्थिरता चुलिएको छ। जेन–जीको नेतृत्वमा सुरु भएको यो आन्दोलन देशमा नयाँ प्रकारको नागरिक सक्रियता हो वा कुनै गहिरो राजनीतिक द्वन्द्वको संकेत—यसले अब मेक्सिकोको राष्ट्रिय राजनीतिमा कस्तो मोड ल्याउने हो, समयले बताउनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.