२७ कात्तिक, धनगढी।
सुदूरपश्चिम प्रदेशमा चार महिनाको अवधिमा भएका विभिन्न सवारी दुर्घटनाले ६२ जनाको ज्यान लिएको तथ्यांक सार्वजनिक भएको छ। चालू आर्थिक वर्ष २०८२/८३ को साउनदेखि कात्तिकसम्म संकलन गरिएको डेटा अनुसार दुर्घटनामा परेर ७९५ जनाले चोटपटक पाएका छन्, जसमा ४३० जनाको अवस्था गम्भीर रहेको छ।
प्रदेश ट्राफिक प्रहरी कार्यालय, अत्तरियाले दिएको विवरणअनुसार दुर्घटनामा सर्वाधिक पुरूषको मृत्यु भएको छ।
ज्यान गुमाउनेमध्ये ४३ जना पुरूष, १६ जना महिला, र ३ जना बालबालिका रहेका छन्।
त्यस्तै गम्भीर घाइतेमध्ये २७७ पुरूष, ९६ महिला, ३३ बालक र २४ बालिका रहेको प्रहरीले जनाएको छ।
सामान्य घाइतेतर्फ पनि पुरुषको संख्या नै धेरै छ—२५० पुरुष, ७१ महिला, २७ बालक र १७ बालिका।
साउन, भदौ, असोज र कात्तिक महिनामा भएको कुल ५७९ सवारी दुर्घटनामध्ये ३३७ वटा मोटरसाइकल मात्रै दुर्घटना भएका छन्।
अन्यमा—६६ जीप/कार, ४७ अटो–टेम्पो, २१ बस, १९ ट्र्याक्टर, १३ माइक्रो र ९९ अन्य सवारीसाधन रहेका छन्।
महिना अनुसार दुर्घटनाको संख्या:
साउन: १७५
असोज: १५४
भदौ: १३८
कात्तिक: ११२
ट्राफिक प्रहरीका प्रवक्ता डिएसपी टेकबहादुर जोराका अनुसार ९० प्रतिशत दुर्घटना चालकको लापरवाहीका कारण हुने गरेको छ।
उनका अनुसार पहाडी क्षेत्रमा कच्ची सडक, र तराई क्षेत्रमा छाडा चौपायाले बाटो अवरुद्ध गर्ने समस्या पनि प्रमुख कारण बनेका छन्। यान्त्रिक गडबडीका कारण हुने दुर्घटना भने विगतका वर्षको तुलनामा घटेको प्रहरीको भनाइ छ।
Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.
Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.
KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.
Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.
Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.
Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.
Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.
Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.