मकवानपुर । एसियन हाइवे अन्तर्गत हेटौंडा बजार क्षेत्रमा पर्ने सडक २५–२५ मिटरको विस्तार कार्य सुरु भएको ५० वर्ष बितिसक्दा पनि अधुरै छ । सडक विस्तारमा लगातार ढिलाइ हुनु र सरकारी निकायको मौनता स्थानीयवासीका लागि चिरस्थायी समस्या बनेको छ ।
सडक डिभिजन कार्यालय मकवानपुरले पटक–पटक ३५ दिने सूचना जारी गर्दै सडक क्षेत्रभित्रका घर, टहरा र पसल हटाउन निर्देशन दिएको भएपनि अहिलेसम्म ठोस काम अघि बढ्न सकेको छैन् । यसका कारण बजार क्षेत्रमा पार्किङ र ट्राफिक व्यवस्थापनमा समस्या देखिएको छ भने दैनिकजस्तो सवारी दुर्घटना हुने क्रम बढ्दो छ ।
२०७२ सालमा भत्काइएको राप्ती रोडसाइडमा हाल पुनः पसलहरू स्थापना भइसकेका छन् । यद्यपि सडक विस्तारले यस क्षेत्रमा व्यवस्थित ट्राफिक व्यवस्थापन र सुरक्षित आवत–जावतको वातावरण सिर्जना गर्ने भए पनि स्थानीय प्रशासन र राजनीतिक दबावले काम अघि बढ्न सकेको छैन् ।
स्थानीयवासीको गुनासो
हेटौडा–९ का स्थानियवासी हरि खड्काले सडक विस्तारमा ढिलाइ हुनुको मुख्य कारण नेताहरूको व्यक्तिगत स्वार्थ रहेको बताए । ‘सडक विस्तार गर्न नेताहरूको स्वार्थले ढिला भइरहेको छ । चुनावमा वाचा गर्छन्, तर जितेपछि यो मुद्दा बिर्सिन्छन्,’उनले भने ।
हेटौडा–८ की स्थानिय सानु लामाले दशकौंदेखि सडक निर्माणको कुरा सुन्दै आइरहेको बताइन् । ‘सडक बनाउने भनेको ५० वर्ष भइसकेको छ । मेरो बुबाको पालादेखि सुरु भएको सडक अझै बनेको छैन । छोराको पालामा बन्छ कि आशा गरौं,’उनले भनिन् ।
हेटौडा–१० का स्थानियवासी अरुण लामाका अनुसार सडक विस्तार ढिलाइ हुनुको अर्को कारण ठूला नेताहरूका निजी आवास सडकको दायराभित्र पर्नु हो ।
‘सडक विस्तार गरेपछि हेटौडा बजारको स्वरूप नै बदलिन्थ्यो । तर ठूला नेताहरूका घर र सरकारी निवास सडकभित्र परेकाले काम अघि बढाउन सकिएको छैन,’उनले बताए ।

बाइपास रोड र १६ मिटर सडक
हेटौडा बजारको सडक विस्तार बाइपास रोडबाट लगेर १६ मिटर मात्र कायम गर्ने योजना पनि विवादको विषय बनेको छ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाले उद्योगवाणिज सङ्घको कार्यक्रममा भनेका थिए, ‘हेटौडा बजारको सडक १६ मिटर मात्र बनाउँछौं ।’ तर उनका यी शब्द अहिले स्थानीय जनतामाझ असन्तोष र आलोचनाको विषय बनेका छन् ।
सडक डिभिजनको प्रतिक्रिया
सडक डिभिजन हेटौंडाका सूचना अधिकारी इ.यादव सुवेदीले भने, ‘जेनजी आन्दोलनपछि सडक विस्तार गर्न झनै अप्ठ्यारो भएको छ । हामीसँग बजेट छैन तर हामी यो काम चाँडै टुङ्गो लगाउने प्रयासमा छौं । फागुन २१ को चुनावभन्दा अघि हेटौंडाका सडक विस्तारको काम राम्ररी अघि बढाउनेछौँ ।’
हालसम्म सडक डिभिजनको ढिलाइ, राजनीतिक हस्तक्षेप, निजी आवास समस्या, र बजेटको अभावका कारण हेटौडा बजार क्षेत्रका २५ मिटर सडक विस्तार अधुरै रहेको छ । स्थानीयवासीहरू भने अबको चुनावअघि सडक विस्तारका कामलाई वास्तविकता बनाउने अपेक्षामा छन् ।
Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.
Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.
KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.
Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.
Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.
Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.
Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.
Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.