बंगलादेशको शीर्ष डिभिजन फुटबल लिग आगामी महिना देखि नयाँ सिजनसहित सुरु हुँदैछ। यस पटक १० टोली सहभागी हुने प्रतियोगितामा एक क्लबले पाँच जना विदेशी खेलाडी अनुबन्ध गर्न पाउने तर प्लेइङ–११ मा चार जनामात्रै उतार्न सकिने नियम कायम छ।
तर, यस सिजनको प्रमुख परिवर्तन भनेको साफ (दक्षिण एसियाली फुटबल महासंघ) सदस्य मुलुकका खेलाडीलाई स्थानीय कोटामा राखिएको व्यवस्था हो। यसले गर्दा साफ मुलुकका खेलाडीलाई विदेशी कोटामा नपारी स्थानीयकै रूपमा अनन्त संख्यामा खेलाउन सकिनेछ।
यो निर्णयको प्रत्यक्ष लाभ नेपाली फुटबलरले पाएका छन्। नेपालमा घरेलु लिगको अनिश्चितताबीच नेपाली खेलाडी धमाधम बंगलादेश प्रिमियर लिगतर्फ आकर्षित भएका छन्।
नेपालको ए डिभिजन लिग २०८० जेठमा सम्पन्न भएको भए पनि त्यसयता २६ महिनादेखि नयाँ सिजन सुरु हुन सकेको छैन। यसबीच अधिकांश राष्ट्रिय खेलाडीले केही मोफसल प्रतियोगितामा मात्र खेल्न पाए।
लिग नहुँदा खेलाडी संघले पटक–पटक ध्यानाकर्षण गराएको छ। अध्यक्ष विक्रम लामाले लिग अभावका कारण फुटबलमा जीवन अर्पण गरेका खेलाडी मात्र नभई प्रशिक्षक, रेफ्री र अन्य पेशागत रूपमा फुटबलमा निर्भर हजारौं मानिस समस्यामा परेको बताएका छन्।
एन्फाले आधिकारिक प्रतियोगिता सञ्चालन गर्न नसक्दा राष्ट्रिय टोली छनोटमा समेत समस्या भएको छ। बंगलादेशसँगको खेलका लागि प्रशिक्षकले खेलाडीलाई ट्रायलमा बोलाउनुपरेको उदाहरणले त्यसलाई अझ स्पष्ट पारेको छ।
यता बंगलादेशले भने २०२० को कोभिड–१९ महामारीबाहेक पछिल्लो १८ वर्षदेखि निरन्तर आफ्नो शीर्ष लिग सञ्चालन गर्दै आएको छ। यस पटक साफ खेलाडीलाई स्थानीय कोटामा राख्ने नियम लागू भएपछि नेपाली खेलाडीको माग निकै बढेको छ।
शुक्रबारसम्ममा कप्तान किरणकुमार लिम्बूदेखि अनन्त तामाङ र अन्जन विष्टसहित आठ जना नेपाली खेलाडीले बंगलादेशी क्लबसँग सम्झौता गरिसकेका छन्।
किरण लिम्बू र आयुष घलान बंगलादेश पुलिस क्लबबाट खेल्नेछन्।
अन्जन विष्ट, एरिक विष्ट, योगेश गुरुङ र सनिस श्रेष्ठ ब्रदर्श युनियनबाट मैदान उत्रिनेछन्।
अनन्त तामाङलाई फोर्टिस एफसीले अनुबन्ध गरेको छ भने अभिषेक लिम्बू रहमतगंज एफएफएसबाट खेल्नेछन्।
गत संस्करण मोहमेडनले जितेको लिगमा अबहानी दोस्रो र बसुन्धरा किङ्स तेस्रो भएका थिए। ती तीन क्लब एएफसी च्यालेन्ज कपमा सहभागी हुने मौका पाएका थिए। तर, यस सिजन नेपाली क्लब भने घरेलु लिग नहुँदा र एन्फाले गरेको नट–आउट प्रतियोगितामा क्लबहरूको बहिष्कारकै कारण एएफसी प्रतियोगितामा सहभागी हुनै नसक्ने अवस्था छ।
Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.
Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.
KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.
Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.
Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.
Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.
Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.
Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.