×

एनआरएनएभित्र एकता अझै बाँकी, सबै पक्ष एक ठाउँमा आउनुपर्नेमा जोड 

खालीपाना न्युजडेस्क | ४७ मिनेट अगाडि

अमेरिका । दशैं, तिहार, नेपाल संवत्, छठपर्वलगायत नेपालीहरूका महान् चाडपर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा गैरआवासीय नेपाली संघ (एनआरएनए) भित्र व्यापक सहमति, सहकार्य र एकताको आवश्यकता औँल्याइएको छ ।

कार्यक्रममा सहभागी एनआरएनएका अभियन्ता तथा नेतृत्व तहका व्यक्तित्वहरूले संस्थालाई बलियो बनाउन, गुमेको साख पुनः स्थापित गर्न र साझा एजेन्डालाई प्रभावकारी रूपमा अघि बढाउन सबै पक्षबीच एकता अपरिहार्य रहेको बताएका छन्।

शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै एनआरएनएका निवर्तमान अध्यक्ष महेश कुमार श्रेष्ठले नेपाली चाडपर्वहरूले मेलमिलाप, सहअस्तित्व, सहमति र भ्रातृत्वको सन्देश दिने उल्लेख गर्दै यही भावनालाई एनआरएनएभित्र पनि आत्मसात् गर्नुपर्ने बताए।

उनले एनआरएनएमा सुरु भएको एकीकरण प्रयासलाई मन, वचन र कर्मले सफल बनाउन अझै धेरै काम गर्न बाँकी रहेको धारणा व्यक्त गरे।

भर्चुअल माध्यमबाट आयोजित कार्यक्रममा पूर्वअध्यक्ष श्रेष्ठले वर्तमान अवस्थामा एनआरएनए मात्र नभई समग्र नेपाली समाज र राजनीतिक क्षेत्रमा समेत एकताको आवश्यकता रहेको बताए।

विगतमा एनआरएनएभित्र देखिएका विवादका कारण संस्था कमजोर भएको, संस्थाका एजेन्डा ओझेलमा परेको र गैरआवासीय नेपालीहरूले दिन सक्ने योगदानसमेत प्रभावित भएको स्मरण गर्दै उनले सहमति, सहकार्य र एकतामार्फत मात्र संस्थागत तथा राष्ट्रिय उद्देश्यहरू प्राप्त गर्न सकिने बताए। उनले वर्तमान अध्यक्ष डा. हेमराज शर्मालाई सबै पक्षलाई समेटेर संस्थालाई एकताबद्ध रूपमा अघि बढाउन सुझावसमेत दिए।

कार्यक्रमका संयोजक तथा एनआरएनएका पूर्वउपाध्यक्ष सुनील साहले संस्थालाई पुनः सशक्त र प्रभावकारी बनाउने जिम्मेवारी सम्पूर्ण गैरआवासीय नेपालीहरूको भएको बताए।

विभिन्न देशका राष्ट्रिय समन्वय परिषद् (एनसीसी) का प्रतिनिधिहरूसँगको अन्तरक्रियामा उनले वर्तमान नेतृत्वका केही कमजोरी स्वीकार गर्दै संस्थाको समग्र समीक्षा गरी सुधारका कार्यक्रम अघि बढाउनुपर्ने आवश्यकता औँल्याए।

नेपाल सरकार तथा अन्तर्राष्ट्रिय निकायहरूसँगको समन्वय र सहकार्यमा संस्था अपेक्षाअनुसार अघि बढ्न नसकेको स्वीकार गर्दै उनले विगतका कमी–कमजोरीको समीक्षा गरी एनआरएनएका एजेन्डाहरूलाई प्रभावकारी रूपमा उठाउनुपर्ने बताए।

विगत छ वर्षको अवधिमा संस्थाले धेरै उतारचढाव भोगेको उल्लेख गर्दै उनले संस्थालाई बलियो बनाउन धेरै अभियन्ताहरूले गरेको त्याग र बलिदानको सम्मान हुनुपर्ने धारणा राखे।

साहले निर्वाचन संस्थागत प्रक्रियाको एउटा हिस्सा मात्र भएको उल्लेख गर्दै निर्वाचनका बेला मात्र सक्रिय हुने संस्कृतिले संगठन बलियो नबन्ने बताए। बेलायत, कतार, यूएई, पोर्चुगललगायत विभिन्न देशका एनसीसीहरूले सामना गरिरहेका समस्याहरू समाधान गर्न एनआरएनए नेतृत्वले प्रभावकारी भूमिका खेल्नुपर्नेमा उनले जोड दिए।

साथै, एनआरएनएले स्थानीय सरकार तथा नेपाल सरकारसँगको संस्थागत समन्वयलाई अझ प्रभावकारी बनाउन आवश्यक रहेको उनको भनाइ थियो। आगामी दिनमा विभिन्न देशमा पुगेर गैरआवासीय नेपालीहरूसँग प्रत्यक्ष संवाद गर्ने, उनीहरूका समस्या सुन्ने र समाधानका लागि पहल गर्ने प्रतिबद्धतासमेत उनले व्यक्त गरे।

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) का पूर्व प्रवक्ता गंगाधर गौतमले विभिन्न संगठनहरूमा देखिएका समस्याको समाधान संवाद, सहकार्य र समन्वयमार्फत खोज्नुपर्ने आवश्यकता औँल्याए। यही उद्देश्यका साथ शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरिएको उनले बताए।

कार्यक्रममा एनआरएनएका उपाध्यक्ष तिलक गैरे, पूर्वउपाध्यक्षहरू लोकप्रसाद दाहाल र नारायण आचार्य, एनसीसी अमेरिकाका अध्यक्ष सतेन्द्र साह, एनसीसी पोर्चुगलकी अध्यक्ष दीपा काफ्ले, एनसीसी ओमनका पूर्वअध्यक्ष विकल झा तथा एनआरएनएका अभियन्ताहरू कृष्ण गिरी, शैलु अधिकारी, सञ्जीव श्रेष्ठ, पदम ठकुराठी, प्रमोद सिटौला, सिपी पौडेल, गौतम दाहाल, खेमराज बस्नेत, हरि जोशी, सुवास जोशी, एकराज गिरी, लोक दाहाल, दीपक न्यौपाने, प्रेम सापकोटा, कञ्चन न्यौपाने, गीता खनाल थापा, शिवानी श्रेष्ठ, रवीन्द्र उप्रेती, टंकराज रेग्मी, हरिप्रसाद जोशी, सुदर्शन सिम्खडा, नेपाल अमेरिका पत्रकार संघ (नेजा) का अध्यक्ष सुरज भण्डारी लगायतले शुभकामना व्यक्त गर्दै एनआरएनएको एकता, सहकार्य र संस्थागत सुदृढीकरणका पक्षमा धारणा राखेका थिए।

कार्यक्रममा संघका संस्थापक अध्यक्ष डा उपेन्द्र महतो तथा पूर्वअध्यक्ष कुल आचार्यले पूर्व निर्धारित कार्यक्रमका कारण उपस्थित हुन नसकेकाले शुभकामना सन्देशमार्फत आफ्नो शुभेच्छा व्यक्त गरेका थिए।

त्यसैगरी, संघका उपाध्यक्ष एवं एनआरएनए अमेरिकाका पूर्वअध्यक्ष बुद्धिसागर सुवेदी, उपाध्यक्ष मनोज श्रेष्ठ गोर्खाली, रामबाबु गुप्तालगायत एनआरएनएका अभियन्ताहरूको समेत सहभागिता रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.