शुक्रबार नेपाली बजारमा सुनको मूल्य इतिहासमै उच्च स्तरमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन प्रतितोला सुनको मूल्य १ लाख ९९ हजार ४ सय रुपैयाँ निर्धारण गरिएको हो, जुन अघिल्लो दिनको तुलनामा १ हजार रुपैयाँले बढी हो। यसअघि मंगलबार सुन १ लाख ९८ हजार ५ सय रुपैयाँमा कारोबार भई उच्चतम रेकर्ड कायम भएको थियो।
चाँदीको भाउ पनि उकालो लागेको छ। अघिल्लो दिनको तुलनामा प्रतितोला १० रुपैयाँ बढ्दै २ हजार ३२५ रुपैयाँ पुगेको हो। यसअघि साउन ७ गते चाँदी प्रतितोला २ हजार ३५० रुपैयाँमा कारोबार भई रेकर्ड बनेको थियो।
