एउटा व्यस्त चिकित्सक आफ्नो गृहनगरमा महिनामा कति पटक पुग्ला ? एकपटक ? दुईपटक ? तीनपटक ? वा यो भन्दा धेरै ? नेपालमा निकै व्यस्त मानिने चिकित्सकीय प्रायाक्टिसका आधारमा अनुमान लगाउन गाह्रो छ । तर, नेपालमा एक जना त्यस्ता चिकित्सक छन्, जो आफ्नो व्यस्तताका बाबजुद हप्तामै दुई पटक आफ्नो जन्मस्थान पुग्छन् । बिरामीको उपचार गर्छन्, काठमाडौं फर्कन्छन् ।
सहरको आफ्नो चर्को व्यवस्तताकाबीच जन्मभूमीलाई दुई दिन समय दिइरहेका ती चिकित्सक हुन्, बरिष्ठ न्युरोलोजिष्ट डा. लेखजंग थापा । डा. थापा हरेक हप्ता बिहिबार साँझकोे अन्तिम फ्लाइटमार्फत भैरहवा जान्छन् । शुक्रबार र शनिबार भैरहवास्थित न्यूरो एलाइड क्लिनिकमा बिरामी जाँच्छन्, आइतबार पुनः काठमाडौं फर्किन्छन् । विगत १० वर्षयता डा. थापाको रुटिन यस्तै चलिरहेको छ । ‘आइतबारदेखि बिहीबारसम्म म कहाँ हुन्छु खासै मतलब लाग्दैन । तर, शुक्रबार र शनिबार म भैरहवा नै हुनुपर्छ,’ उनी सुनाउँछन् । डा. थापा देशबाहिर भएको बेलामात्र यो रुटिन बिथोलिन्छ । नेपालमै भएका बेला बिहीबार भैरहवा जान उनलाई कुनै कारणले रोक्न सक्दैन् ।
उसो त महाराजगंजस्थित नेशनल न्यूरो सेन्टरमा उनी निकै व्यस्त रहन्छन् । भनिन्छ, ‘जहाँ इच्छा त्यही उपाय’ । डा. लेखजंगलाई पनि इच्छाशक्तिले नै हप्तामा दुई दिन भैरहवा दौडाइरहन्छ । युवापुस्ता चर्चित न्यूरोलोजिष्ट डा. थापाले लामो समय बाँसबारीस्थित न्यूरो अस्पतालमा बिताए । न्यूरो सर्जन डा. उपेन्द्र देवकोटासँग बिताएको न्यूरोको बसाइँलाई उनी जीवनकै स्वर्णीम समय ठान्छन् । ‘मैले न्यूरोलोजीमा डिएम गरिसकेपछि ग्राण्डी अस्पतालमा काम गर्ने लगभग टुंगो लागेकै साँझ डा. देवकोटाले फोन गरेर छिट्टै भेटौं भन्नुभयो,’ डा. देवकोटासँगको त्यो भेट सम्झिँदै डा. थापा भन्छन्, ‘भेट्ने बित्तिकै डा. देवकोटाले तपाईं कतै जान पाउनुहुन्न, म सँगै काम गर्नुपर्छ भनेपछि मैले ग्राण्डी जाने योजना बदलें ।’ डा. लेखजंगका आफ्ना लागि त्यतिबेला डा. देवकोटाको फोन आउनु नै ठूलो कुरा भएका बताउँछन् । ‘मैले पढेर पाएको सर्टिफिकेटभन्दा डा. देवकोटाको फोन आउँदा निकै खुसी थिएँ,’ उनल भने ‘त्यसैले केही नसोची डा. देवकोटाको प्रस्तावलाई सहर्ष स्विकारेँ ।’ यही क्रममा उनलाई डा. देवकोटाले प्रश्न गरे, ‘मबाट तपाईं के चाहनुहुन्छ ?’ त्यसमा डा. थापाले भने, ‘मैले हजुरसँग माग्ने एउटै कुरा छ, मलाई डा. लेखजंग मेरो गाउँघर (भैरहवा) ले बनाएको हो, त्यो समाज र ती साथीभाइले बनाएका हुन् । म हरेक हप्ता बिहीबार भैरहवा जान्छु र आफ्नो जन्मभूमीमा गएर त्यहाँका नागरिकको उपचार गर्छु ।’
डा. थापाको मातृभूमीको लगावप्रति प्रभावित भएर डा. देवकोटाले उनको प्रस्तावमा सहमति जनाए । डा. देवकोटाले भनेको सम्झिँदै डा. थापा भन्छन्, ‘यो त साह्रै राम्रो कुरा हो । त्यसमा मैले के सहयोग गर्नुपर्छ गरौंला ।’ करिब ७ वर्ष न्युरो अस्पतालमा बिताएका डा. थापा डा. देवकोटाको विश्वासपात्र थिए । डा. देवकोटालाई कसैले तपाईंले जस्तै उपचार गर्ने यो अस्पतालमा अर्कोे डाक्टर को छ ? भनेर सोध्यो भने उनले डा. थापाकै नाम लिन्थे । तर, डा. देवकोटाको मृत्यु भएसँगै काम गर्ने वातावरण विस्तारै हराउन थालेपछि आफू न्यूरो अस्पताल छोड्न बाध्य भएको डा. थापा बताउँछन् ।
विशेषगरी भैरहवावासीको सेवा गर्ने उद्देश्यले उनले सन् २०१४ मा भैरहवामा न्यूरो एलाइड मेडिकल सेन्टर सञ्चालनमा ल्याए । एउटा कोठाबाट सुरु भएको न्युरो एलाइडले अहिले विस्तार भएको छ भने बिरामीको संख्या पनि बढ्दैं गएको छ । भैरहवामा उनलाई सम्झेर सुदूरपश्चिमदेखि भारतको पटनासम्मका बिरामी आउने गर्छन् । वि.सं. २०३४ सालमा भैरहवाको अञ्चलपुरमा जन्मिएका डा.थापाले प्राथमिक तहको शिक्षा भैरहवाको लुम्बिनी शिशु सदन स्कुलबाट पूरा गरेका हुन् । वि.सं. २०४९ सालमा प्रथम श्रेणीमा एसएलसी परीक्षा उत्तीर्ण गरेपछि उनी उच्च शिक्षाका लागि काठमाडौं आए । नेपाल साइन्स क्याम्पसबाट आईएस्सी अध्ययन गरेका डा. थापाले पोखरास्थित मणिपाल कलेज अफ मेडिकल साइन्सेजबाट एमबीबीएस अध्ययन पूरा गरेका हुन् ।
पिताले उपचार नपाउँदा बने डाक्टर
डा. लेखजंगका बुबा उच्च रक्तचाप र मधुमेहका बिरामी थिए । चिकित्सकहरुबाट राम्रो व्यवहार नपाएकै कारण उनी डाक्टर बनेका हुन् । डा. थापा बुवाले भनेको स्मरण गर्छन्, ‘तिमी डाक्टर बन्नुपर्छ छोरा ।’ बुबाको त्यो वाक्य डा. थापालाई लेक्चररको भन्दा बढी पावरफूल लाग्यो । त्यही वाक्यले उनलाई चिकित्सक बन्ने बाटोमा डोहोर्याइ रह्यो । चिकित्सकहरुबाट गतिलो व्यवहार नपाएका बुबाले थापालाई डाक्टर भएपछि बिरामीसँग राम्रो व्यवहार गर्नु, मिठो बोल्नु जसले बिरामीको ५० प्रतिशत रोग सञ्चो भइसक्छ भनेको कुरा अहिले पनि सम्झिन्छन् ।
‘बुबाले भनेजस्तै गरी बिरामीलाई उपचार गर्छु, अँध्यारो अनुहार लगाएर आएका बिरामीहरु हाँस्दै फर्कन्छन्,’ उनले भने, ‘सायद बुबाले मलाई त्यतिबेला डाक्टर होइन, हिलर बन भन्न खोज्नुभएको थियो ।’ एमबीबीएस सकिनै लाग्दा थापाका बुबालाई ‘स्ट्रोक’ भयो । भर्खरै चिकित्साशास्त्र अध्ययन सुरु गरेका उनलाई स्ट्रोक अर्थात पक्षघात भनेको के हो ? यसको रूप कस्तो हुन्छ भन्ने थाहा थिएन । सामान्य होला अस्पताल लगेपछि डाक्टरले ठीक पार्छन भन्ने सोचे । तर, बुबालाई बचाउन सकेनन् । ‘त्यही दिनबाट मैले न्युरोलोजिष्ट बन्ने प्रण गरेँ,’ उनले भने ।
मणिपालबाट एमबीबीएस अध्ययन पूरा गरेपछि डा.थापाले धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट इन्टरनल मेडिसिनमा एमडी गरे । एमडी सकेपछि न्युरोलोजीमा डिएम (डाक्टर अफ मेडिसिन) गर्ने उनको सपना थियो । तर, त्यतिबेला नेपालमा न्युरोलोजीमा डिएम सुरु भइसकेको थिएन । त्यसका लागि विदेश जानुपर्ने थियो । तर, घरपरिवारलाई छोडेर उनी विदेश जान पनि चाहन्नथे । त्यति नै बेला उनलाई भारतका न्युरोलोजिष्ट प्रा.डा. पीबीएस राणाको फोन आयो । डा. राणाले सोधे, ‘म नेपालमै न्यूरोलोजी इन डिएम सुरु गर्न खोजिरहेको छु, यसमा तिमी तयार छौं ?’ लेखजंगलाई पनि विदेश जाँदा परिवार, देश छोड्नुपर्छ भन्ने ठूलो चिन्ता थियो । डा. राणाको यस्तो प्रस्तावलाई उनले खुसी हुँदै आफू तयार रहेको बताए । उनका साथी डा. राजु पौडेल पनि न्युरोलोजीमा डिएम गर्ने सोचमा थिए । त्यसपछि दुवैले कलेज अफ मेडिकल साइन्सेज चितवनमा डिएम न्युरोलोजी अध्ययन सुरु गरे ।
सन २०१३ मा डिएम न्युरोलोजी अध्ययन सकेपछि उनले त्यहीँ एक वर्ष काम गरे । डा. राजु भने ग्राण्डी अस्पतालमा छन् । डा. थापालाई भने अहिले आइतबारदेखि बिहिबारसम्म महाराजगञ्जस्थित नेशनल न्यूरो सेन्टरमा भेट्न सकिन्छ । हार्वर्डबाट लिडरसीपमा ग्राजुएट डा. थापालाई एक चिकित्सकका रुपमा मात्र होइन्, पछिल्लो समय अभियानकर्ताका रुपमा समेत युवापुस्ताले चिन्न थालेका छन् ।
विभिन्न मञ्चहरुमा डा. थापाले दिने उत्प्रेरणात्मक कुराले युवा मनलाई तरंगित बनाउँछ । डा. थापाले अमेरिकाको प्रसिद्ध हार्वार्ड विश्वविद्यालयबाट ‘सेफ्टी क्वालिटी लिडरसीप एण्ड इन्फमेटिभ’ विषयमा ग्राजुएटसमेत गरेका छन् । उनी सन् २०२४ मा हार्वर्डबाट ग्राजुएट भएका हुन् ।
डा. थापा यतिबेला पनि अमेरिकामा छन् । उनी १ अगष्टमा प्यालाटुसी एडभोकेसी लिडसीप फोरमले आयोजना गरेको एक सम्मेलनमा सहभागी हुन गएका छन् । अमेरिकन एकेडेमी अफ न्युरोलोजीले आयोजना गरेको उक्त सम्मेलनमा उनी सल्लाहकारको भूमिकामा सहभागिता जनाइरहेका छन् । जसबाट ३० वटा देशका न्युरोलोजिष्टहरु ट्रेन भइसकेका छन् । यो फोरमबाट सिकेका कुराहरुले देशको स्वास्थ्य नीति निर्माण सहयोग गर्ने डा. थापा बताउँछन् । ‘यस वर्ष पनि विश्वभरबाट ३० जना न्युरोलोजिष्टहरु सहभागी हुुनुहुन्छ, त्यसमध्ये १० जना सल्लाहकारको भूमिकामा छौं,’ उनले भने, ‘१० जना सल्लाहकारमध्ये म पनि एक हो ।’ यो फोरमले आफूलाई थप परिपक्व बनाएको उनको भनाइ छ । ‘व्यक्तिगत रुपमा यसले लर्निङ एक्स्पोजर दिन्छ भने एउटा ट्रेनरको रुपमा पनि एक स्टेप अघि लैजान्छ,’ उनले भने, ‘त्यो सिकाइबाट प्राप्त ज्ञानलाई मैले आफ्नो देशमा उपयोग गर्न सक्छु ।’
डा. थापा पछिल्ला वर्षहरुमा स्वास्थ्य सेवा, सचेतनासँगै सामाजिक अभियन्ताका रुपमा आफूलाई उभ्याइरहेका छन् । नेपाल पक्षघात संघका संस्थापक अध्यक्ष रहेका उनी यो संस्थामार्फत सचेतनामा सक्रिय छन् । त्यसबाहेक सामाजिक फोरमहरुमा उनलाई मोटिभेटरको भूमिका पनि देख्न थालिएको छ । वरिष्ठ न्यूरोलोजिष्टका रुपमा अलग पहिचान बनाएका उनी पछिल्लो समय राजनीति वृत्तमा चर्चामा छन् ।
आगामी १७ कात्तिकमा रुपन्देहीको क्षेत्र नं. ३ मा हुने प्रतिनिधीसभाको उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारका लागि डा. थापाले पनि आवेदन दिएका छन् । 
Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.
Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.
KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.
Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.
Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.
Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.
Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.
Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.