×

“आइओई महासचिवको प्रशंसा : श्रम सुधारमा निजी क्षेत्रको भूमिका उल्लेखनीय”

खालीपाना न्युजडेस्क | १ वर्ष अगाडि

रोजगारदाता संगठनहरूका अन्तर्राष्ट्रिय महासंघ (IOE) का महासचिव रोबर्टो सुवारेज सान्तोसले नेपालमा श्रम सम्बन्धी व्यवस्थापनमा निजी क्षेत्र, विशेष गरी नेपाल उद्योग वाणिज्य महासंघको योगदानको उच्च प्रशंसा गरेका छन्।

नेपाल भ्रमणमा रहेका महासचिव सान्तोसले महासंघसँगको भेटका क्रममा हालै भएको न्यूनतम पारिश्रमिकको निर्धारण, सामाजिक सुरक्षा कार्यक्रमको कार्यान्वयन र औपचारिक श्रम व्यवस्थाको दिशा तर्फ भइरहेको पहलप्रति सन्तोष व्यक्त गरे।

जेनेभामा भएको अन्तर्राष्ट्रिय श्रम सम्मेलनका अवसरमा महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले दिएको निमन्त्रणामा नेपाल आएका सान्तोसले नेपाल सरकार, रोजगारदाता र श्रमिक संगठनहरूबीच अझ सहकार्य र समन्वय आवश्यक रहेको बताए।

भेटमा अध्यक्ष ढकालले नेपाल सन् २०२६ मा अति कम विकसित मुलुक (LDC) को सूचीबाट स्तरोन्नत हुने तयारीमा रहेको उल्लेख गर्दै, यस परिवर्तनले ल्याउने अवसर र चुनौतीहरूमा IOE को भूमिका महत्वपूर्ण हुने बताए। उनले प्रतिस्पर्धात्मक निजी क्षेत्रको विकास र अन्तर्राष्ट्रिय व्यापारका अवसर विस्तारमा IOE सँग सहकार्य अपेक्षित रहेको जनाए।

ढकालले नेपालमा लगानी मैत्री वातावरण निर्माणमा सरकार, रोजगारदाता र श्रमिक संगठनबीचको सुमधुर सम्बन्धलाई प्रमुख आधारको रूपमा प्रस्तुत गरे। साथै, उद्योगमैत्री वातावरण स्थापनार्थ महासंघले सधैं अग्रसर भूमिका खेलेको धारणा राखे।

जवाफमा महासचिव सान्तोसले एलडीसीबाट स्तरोन्नति पछिको अवस्थामा नेपाललाई अन्तर्राष्ट्रिय बजारमा सहज पहुँच र आवश्यक परामर्श प्रदान गर्न IOE सधैं सकारात्मक रूपमा सहयोग गर्न तयार रहने विश्वास दिलाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.