राष्ट्रपति रामचन्द्र पौडेल र प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेबीच शीतल निवासमा भेटवार्ता भएको छ। राष्ट्रपति कार्यालयका अनुसार भेटका क्रममा सभामुख घिमिरेले आगामी जुलाई २९ देखि ३१ तारिखसम्म स्विजरल्यान्डको जेनेभामा आयोजना हुने सभामुखहरूको अन्तर्राष्ट्रिय सम्मेलनबारे जानकारी गराएका हुन्।
सभामुख घिमिरे उक्त सम्मेलनमा सहभागी हुन आगामी जुलाई २७ मा जेनेभा प्रस्थान गर्ने तयारीमा छन्। विश्व सम्मेलनमा नेपालको सहभागिता र प्रतिनिधित्वका विषयमा जानकारी गराउने उद्देश्यले राष्ट्रपति पौडेलसँग भेट भएको जनाइएको छ।
