प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले लगातार ५९ दिनदेखि अवरोध जारी राखेका छन्, जसले संसद् रेकर्डमा नयाँ पंक्ति थपेको छ।
यद्यपि दुवै दलको अवरोधका बाबजुद प्रतिनिधिसभाको बैठक सञ्चालन हुँदै आएको छ। पछिल्ला केही दिनदेखि भने सांसदहरू बैठक सुरु भएपछि विरोध जनाउने, आफ्ना धारणा राख्ने र त्यसपछि सदनबाट बाहिरिने रणनीति अपनाउँदै आएका छन्।
आज पनि दिउँसो १ बजेका लागि तय गरिएको बैठक केही ढिलोगरी सुरु भयो। बैठक सुरु भएपछि दुवै दलका सांसदहरूले उठेर विरोध जनाए र आफ्नो कुरा राखेर बैठक कक्षबाट बाहिरिए।
यसरी लामो समयसम्मको लगातार अवरोधलाई संसद् इतिहासमा फरक ढंगले उल्लेख गरिने देखिन्छ।
