चीनतर्फबाट आएको बाढीका कारण रसुवागढी जलविद्युत आयोजनाको ड्याम क्षेत्रमा फसेका ५० जनालाई मंगलबार दिउँसो सुरक्षाकर्मीहरूले सफलतापूर्वक उद्धार गरेका छन्।
नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको संयुक्त टोलीले दिउँसो १२:५० बजेसम्मको समयमा ती व्यक्तिहरूलाई सुरक्षित स्थानमा पुर्याएको जानकारी दिएको छ।
उद्धार गरिएकाहरूमा ४ जना महिला र ४६ जना पुरुष छन्। उनीहरूलाई ड्याम क्षेत्रमा रहेको झोलुङ्गे पुलमार्फत सुरक्षित स्थानतर्फ लैजाने कार्य सम्पन्न गरिएको हो।
उद्धार गरिएका व्यक्तिहरूमा एक जना चिनियाँ नागरिकसमेत रहेको सुरक्षास्रोतहरूले जनाएका छन्।
बाढीको कारण जोखिममा परेकाहरूको ज्यान जोगाउन सुरक्षाकर्मीहरूको सक्रियता र समन्वयको प्रशंसा गरिएको छ।
