×

स्पेन भ्रमणमा गएका केही नफर्किएकोबारे सांसद सोविता गौतमको प्रश्न, सरकारप्रति गम्भीर आपत्ति

खालीपाना न्युजडेस्क | १ वर्ष अगाडि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोविता गौतमले प्रधानमन्त्री केपी शर्मा ओली सहभागी स्पेन भ्रमणसँग जोडिएको एउटा संवेदनशील विषय संसद्मा उठाउँदै केही सहभागीहरू नेपाल नफर्किएको विषयमा छानबिन हुनुपर्ने माग गरेकी छन्।

मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद गौतमले प्रधानमन्त्री सहभागी कार्यक्रममा जाने बहानामा गएकाहरू फर्किन नमानिएको समाचार आउनु अत्यन्त चिन्ताजनक भएको बताउँदै यसबारे गम्भीर अनुसन्धान आवश्यक रहेको बताइन्।

“प्रधानमन्त्री स्वयं सहभागी भएको कार्यक्रममा समेत केही व्यक्ति बाहानाबाजी गर्दै विदेश गएका र नफर्किएको खबर सार्वजनिक भइरहेका छन्,” उनले भनिन्, “हामी कसैलाई व्यक्तिगत रूपमा आरोप लगाउँदैनौँ, तर विषय अत्यन्तै संवेदनशील छ।”

गौतमले भिजिट भिसाको दुरुपयोगबारे सरकार गम्भीर नभएको आरोप लगाउँदै संसद् बैठक बहिष्कारसमेत गरेकी हुन्।

उनले भनिन्, “यस्ता विषयमा सरकारले निष्पक्ष र प्रभावकारी छानबिन गर्नुपर्नेमा, उल्टै स्वार्थ बाझिने पात्रहरूको नेतृत्वमा आफू मातहतका कनिष्ठ कर्मचारीहरू मात्र राखेर बनाइएको समितिले गम्भीर विषयलाई हलुका बनाउने काम गरिरहेको छ।”

उनको भनाइमा, “जनताको जिउधन, र अन्तर्राष्ट्रिय समुदायमा नेपालको छविसँग जोडिएको यस्तो विषयमा उच्चस्तरीय छानबिन समिति अनिवार्य रूपमा गठन हुनैपर्छ। तर, सरकारसँग यस्तो छानबिन गर्न आवश्यक राजनीतिक इच्छाशक्ति नै देखिँदैन।”

उक्त विषयमा पार्टीको अडान आज पनि यथावत् रहेको भन्दै उनले सदनबाट विरोधस्वरूप बाहिरिने घोषणा गरिन्।

यसै बैठकमा उनले बाढीपीडितको तत्काल उद्धार, राहत तथा पुनःस्थापनाका लागि सरकारलाई आवश्यक पहल गर्न पनि ध्यानाकर्षण गराइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.