×

स्पेन कार्यक्रममा गएकाहरू नफर्किएकोप्रति सांसद सोबिता गौतमको चिन्ता, उच्चस्तरीय छानबिन समितिको माग

खालीपाना न्युजडेस्क | १ वर्ष अगाडि

मंगलबारको प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोबिता गौतमले प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएको स्पेन भ्रमणसँग सम्बन्धित गम्भीर विषय उठाउँदै केही सहभागीहरू कार्यक्रम सकिएपछि नेपाल नफर्किएको जानकारी दिएकी छिन्।

उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मात्र नभई, विभिन्न अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी हुने बहानामा नेपालीहरूलाई विदेश पुर्‍याएर हराउने गिरोह सक्रिय रहेको आरोप पनि लगाइन्।

गत असार १४ गते प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसंघको ‘फाइनान्सिङ फर डेभलपमेन्ट’ सम्मेलनमा सहभागी हुन स्पेन गएका थिए। त्यही टोलीमा अन्य केही व्यक्ति पनि समावेश थिए, जसबारे गौतमले “उनीहरू फर्किएका छैनन् भन्ने रिपोर्टहरू सार्वजनिक भइरहेका छन्” भन्दै संसदमा गम्भीर ध्यानाकर्षण गराइन्।

उनले यस्तो प्रवृत्तिको आलोचना गर्दै भनिन्, “भिजिट भिसाको नाममा भइरहेको दुरुपयोग र नेपालीलाई विदेशी भूमिमा हराउने प्रवृत्तिविरुद्ध हामी स्पष्ट रूपमा उभिएका छौँ।”

सांसद गौतमले सरकारलाई लक्षित गर्दै उच्चस्तरीय छानबिन समिति गठनको माग गरिन्। उनले अहिले बनाइएको समितिलाई “टालटुले” भन्दै अस्वीकार गरिन् र भनिन्, “सरकारले यस्तो संवेदनशील विषयमा आफ्नो मातहतकै कनिष्ठ कर्मचारीहरूसँग मिलेर बनाएको समिति अपारदर्शी र निष्प्रभावी छ।”

उनको भनाइमा, “हामी कसैलाई व्यक्तिगत रूपमा आरोप लगाएका छैनौं। तर, नेपालीको जीवन, सम्पत्ति र राष्ट्रिय छविमा असर पर्ने यस्तो मुद्दामा गम्भीरता नदेखाउनु दुखद छ।”

उनले राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट यस विषयमा उच्चस्तरीय, स्वतन्त्र र निष्पक्ष छानबिन समितिको आवश्यकता दोहोर्याएर जोड दिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.