सत्तामा रहेका प्रमुख दुई दलका शीर्ष नेताहरू आपसी छलफलमा जुटेका छन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको बैठकमा बाढीबाट प्रभावित क्षेत्रको अवस्थाबारे छलफल गरिएको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा सम्पन्न छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखक, नेकपा (एमाले) महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णुप्रसाद रिमाल सहभागी भएका छन्।
छलफलको केन्द्रविन्दु रसुवामा आएको बाढी र त्यसले पुर्याएको क्षति रहेको बताइएको छ। विशेषगरी मितेरी पुल, टिमुरिया भन्सार तथा जलविद्युत आयोजनामा बाढीले पुर्याएको क्षति बारे छलफल केन्द्रित थियो।
गम्भीर स्थिति मूल्याङ्कन गर्न प्रधानमन्त्रीले अन्य निर्धारित कार्यक्रमहरू स्थगित गरेका छन्। संकटको घडीमा प्रभावकारी समन्वय र तत्कालीन कदम चाल्न उच्चस्तरीय छलफल भएको बताइएको छ।
