जनकपुरधाम उपमहानगरपालिका–१६ स्थित कपिलेश्वर बजार टोलको भैया पोखरीमा डुबेर दुई बालिकाको ज्यान गएको छ।
आज बिहान नुहाउने क्रममा पोखरीमा डुबेर चार वर्षीया आरोहीकुमारी राउत र तीन वर्षीया मैथिलीकुमारी राउतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी बरुणबहादुर सिंहले जानकारी दिए।
प्रहरीका अनुसार दुवै बालिका बिहानको समयमा पोखरीमा नुहाउन गएका थिए। त्यसै क्रममा उनीहरू गहिरो भागमा डुबेका थिए। तत्काल उद्धार गरी अस्पताल पुर्याइएको भए पनि चिकित्सकहरूले दुबैलाई मृत घोषित गरेका थिए।
हाल उनीहरूको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा राखिएको छ।
घटनापछि स्थानीय क्षेत्रमा शोकको वातावरण छ।
