×

मेलम्ची पुनःसञ्चालन: रिबर्मा खोलाबाट दैनिक ८ करोड लिटर पानी काठमाडौँमा आपूर्ति सुरु

खालीपाना न्युजडेस्क | ८ महिना अगाडि

सिन्धुपाल्चोकको मेलम्चीस्थित रिबर्मा खोलाबाट दैनिक ८ करोड लिटर पानी काठमाडौँ ल्याएर वितरण सुरु गरिएको छ। उपत्यकामा वर्षातको मौसममा पनि मेलम्चीको पानी नियमित आपूर्ति गर्न सोमबार रिबर्मा खोलाबाट ल्याइएको पानीको सफल परीक्षणसँगै आपूर्ति प्रक्रिया सुरु गरिएको हो।

सोमबार खानेपानी मन्त्री प्रदीप यादवसहितको टोलीले मेलम्चीस्थित रिबर्मा खोलामा निर्माण गरिएको पानी संकलन ट्याङ्कीको सफल परीक्षण गरेपछि सोमबार रातिदेखि सुरुङ मार्गमार्फत काठमाडौँमा पानी ल्याइ मंगलबारदेखि वितरण थालिएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक तथा इञ्जिनियर रत्नप्रसाद लामिछानेले जानकारी दिए।

हाल मेलम्ची आयोजनाबाट दैनिक २० करोड लिटर पानी आपूर्ति भइरहेको छ। यस वर्ष वर्षातको समयलाई ध्यानमा राखी रिबर्मा खोलाबाट थप ५ देखि ७ करोड लिटर र बागमतीबाट पनि त्यत्तिकै मात्रामा पानी ल्याएर उपत्यकामा दैनिक कम्तीमा १० देखि १४ करोड लिटर अतिरिक्त पानी आपूर्ति गर्ने योजना बनाइएको छ।

यसपटकको प्रयासलाई लामो समयदेखि अवरोध र प्राविधिक समस्या झेलिरहेको मेलम्ची आयोजना पुनःसञ्चालन भएको सकारात्मक संकेतको रूपमा लिइएको छ। रिबर्मा खोलाबाट ल्याइएको पानी विभिन्न ठाउँमा निर्माण गरिएका ट्याङ्कीमार्फत वितरण गरिँदै छ, जसले काठमाडौँवासीको दैनिकी सहज बनाउने अपेक्षा गरिएको छ।

Facebook Comments Box
0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x