काठमाडौँ । गत शुक्रबारदेखि नेपालमा प्रदर्शन भएको दुई फिल्म ‘हिमालयन गोल्ड’ र ‘जलाकी’ ले घरेलुबजारमा दर्शक आकर्षित गर्न सकिरहेको छैन ।
सुरुआती व्यापार दुवै फिल्मको कमजोर देखिएको छ । ‘खुस्मा’ फेम्ड निर्देशक अशोक थापा मगरको निर्देशनमा बनेको फिल्म ‘जलाकी’लाई विषयगत रुपमा राम्रो भनिएता पनि दर्शकले हेर्न जाँगर देखाएका छैनन् ।
बक्स अफिस स्रोतका अनुसार गत मङ्सिर ४ गतेदेखि प्रदर्शन भएको फिल्मले मङ्सिर ७ गते सोमबारसम्म २३ लाख रुपैयाँको कमाइ मात्र गर्न सफल भएको छ । उक्त अवधिमा फिल्मको ६ हजार ६२२ वटा टिकट बिक्री भएका छन् ।
पहिलो फिल्म ‘खुस्मा’ को सफलता पश्चात सोही टिममार्फत निर्माण भएको फिल्म बक्सअफिसमा कम्जोर देखिएको हो । ‘जलाकी’मा उपासना सिंह ठकुरी र सोनम तोप्देनसँगै फिल्ममा शिल्पा मास्के, साहारा हाङ्मा लिम्बू, माओत्से गुरुङ, बुद्धि तामाङ, अस्तित्व भट्टचन, रजनी गुरुङ, राजु रेग्मी मगर, उषा खड्गी, खड्कबहादुर पुन (खबपु), लुनिभा तुलाधर लगायतका कलाकारको अभिनय रहेको छ ।
यस्तै, दिवंगत अभिनेता सुनिल थापाको अन्तिम फिल्मका रुपमा प्रदर्शन भएको ‘हिमालयन गोल्ड’ को अवस्था बक्स अफिसमा दयनीय देखिएको छ । धिराज राजवंशी निर्देशित फिल्मले घरेलुबजारबाट मङ्सिर ७ गते सोमबारसम्म ८ लाखको हाराहारीमा मात्र कमाइ गर्न सफल भएको छ । उक्त अवधिमा फिल्मको १ हजार ७६६ वटा टिकट मात्र बिक्री भएका छन् ।
फिल्ममा दिवंगत अभिनेता थापासँगै राहुल एन. मुखिया, परीक्षा लिम्बू, सजन थापा, कार्म लगायतको अभिनय रहेको छ । यी दुवै फिल्मको पहिलो विकेन्डको कमाइ हेर्दा आगामी साता झनै कठिनाई सामना गर्नु पर्ने देखिन्छ ।
यी बाहेक प्रदर्शनरत फिल्म ‘बाटुलो जुन’ ले ११ दिनमा ८ करोड ३५ लाख रुपैयाँको कमाइ घरेलुबजारमा गरेको छ ।
Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.
Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.
KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.
Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.
Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.
Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.
Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.
Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.