×

सशस्त्रका एआईजीमा पदोन्नती भएका ठाडा मगरलाई दर्ज्यानी चिह्न प्रदान

खालीपाना न्युजडेस्क | ८ महिना अगाडि

सशस्त्र प्रहरी बलका महानिरीक्षक (आईजी) राजु अर्यालले हालै पदोन्नती भएका गणेश बहादुर ठाडा मगरलाई अतिरिक्त महानिरीक्षक (एआईजी)को दर्ज्यानी चिह्न प्रदान गरेका छन्।

मन्त्रिपरिषद्को असार २ गतेको निर्णयअनुसार ठाडा मगर सशस्त्र प्रहरी नायव महानिरीक्षकबाट एआईजी पदमा पदोन्नती भएका थिए। त्यसैको औपचारिकतास्वरूप आईजी अर्यालले बुधबार आयोजित कार्यक्रममार्फत उनलाई दर्ज्यानी चिह्न लगाइदिएको सशस्त्र प्रहरी बलले जानकारी दिएको छ।

Facebook Comments Box
0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x