×

अहमदाबादमा ड्रीमलाइनर विमान दुर्घटना, होस्टेलमा ठोक्किँदा ६ को मृत्यु

खालीपाना न्युजडेस्क | ८ महिना अगाडि

अहमदाबाद, भारत — एयर इन्डियाको बोइङ ७८७ ड्रीमलाइनर विमान बिहीबार दिउँसो अहमदाबादस्थित सिभिल अस्पतालको होस्टेल भवनमा ठोक्किएको दुःखद घटना सार्वजनिक भएको छ।

दुर्घटना हुँदा होस्टेलभित्र करिब ५० देखि ६० जना इन्टर्न डाक्टरहरू खाना खाइरहेका थिए। सो समयमा विमान होस्टेलमा ठोक्किँदा आगलागी भयो र अत्यधिक धुवाँ निस्केको कारणले पुरै भवन कालो र भग्नावशेषजस्तो देखिएको थियो।

घटनास्थलमा पुग्ने स्थानीय सञ्चारकर्मीहरूको भनाइ अनुसार, हालसम्म ६ वटा शव बरामद गरिएको पुष्टि भएको छ। तर ती शवहरूको पहिचान भने खुलाइएको छैन।
“भित्रको दृश्य अत्यन्त दर्दनाक थियो, जताततै भग्नावशेष र शवहरू छरिएका थिए,” घटनास्थल पुगेका एक प्रत्यक्षदर्शीले भने।

ड्रीमलाइनर विमान दिउँसो १:३८ बजे अहमदाबादबाट लन्डन गेटविकतर्फ उडेको थियो।
विमानमा २४२ जना सवार थिए, जसमा १६९ जना भारतीय, ५३ जना बेलायती, एक जना क्यानाडेली र ७ जना पोर्चुगिज नागरिक थिए।

यो बोइङ ७८७–८ मोडेलको विमान रहेको जनाइएको छ। उडेको केही समयमै विमानले नियन्त्रण गुमाउँदा सिधै होस्टेलको भवनमा ठोक्किएको प्रारम्भिक अनुमान गरिएको छ। घटनाको थप अनुसन्धान जारी छ।

Facebook Comments Box
0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x