×

१२ देशका नागरिकमाथि अमेरिकी यात्रा प्रतिबन्ध, ट्रम्पको हस्ताक्षरपछि ९ जुनबाट लागू

खालीपाना न्युजडेस्क | १ वर्ष अगाडि

२२ जेठ, काठमाडौं । पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १२ वटा मुलुकका नागरिकलाई अमेरिका यात्रा गर्न निषेध गरिएको नयाँ कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्।

सुरक्षासम्बन्धी चासोलाई मुख्य कारण देखाउँदै अफगानिस्तान, म्यानमार (बर्मा), चाड, कंगो गणतन्त्र, इक्वेटोरियल गिनी, इरिट्रिया, हैटी, इरान, लिबिया, सोमालिया, सुडान र यमनका नागरिकहरूको अमेरिका प्रवेशमा पूर्ण प्रतिबन्ध लगाइएको हो।

यात्रा प्रतिबन्धको यो निर्णय आगामी ९ जुनबाट कार्यान्वयनमा आउने फक्स न्यूजले जनाएको छ।

यस अतिरिक्त, बुरुन्डी, क्युबा, लाओस, सिएरालियोन, टोगो, तुर्कमेनिस्तान र भेनेजुएलाका नागरिकहरूलाई आंशिक रुपमा मात्र अमेरिका प्रवेशको अनुमति दिइने बताइएको छ।

यद्यपि, अमेरिकी स्थायी आवास अनुमति (Green Card) भएका, ९ जुनभन्दा अगाडि भिसा प्राप्त गरिसकेका, केही विशेष श्रेणीको भिसा भएका वा राष्ट्रिय सुरक्षासँग सम्बन्धित जिम्मेवारी वहन गर्ने व्यक्तिहरूलाई भने यो प्रतिबन्ध लागू नहुने बताइएको छ।

व्हाइट हाउसका अधिकारीहरूले यो कदमलाई राष्ट्रको सुरक्षालाई प्राथमिकता दिने नीति अन्तर्गतको निर्णय भएको बताएका छन्।

व्हाइट हाउसकी उपप्रवक्ता अबिगेल ज्याक्सनले उक्त निर्णयलाई “साझा समझदारीको उपाय” भन्दै औपचारिक प्रतिक्रिया दिएकी छिन्। उनका अनुसार, प्रतिबन्ध ती देशहरूमा केन्द्रित छ, जसमा भिसा लिने प्रक्रिया कमजोर छ, भिसा अवधि उल्लंघनको दर उच्च छ र सुरक्षा जानकारीको आदानप्रदान पर्याप्त छैन।

राष्ट्रपति ट्रम्पले बुधबार सार्वजनिक गरेको भिडियो सन्देशमा, कोलोराडो राज्यको बोल्डरमा हालै भएको आतंकवादी आक्रमणलाई स्मरण गर्दै यस्तो कडा कदम चालिएको स्पष्ट पारेका छन्।

उनले भनेका छन्, “हामीले देख्दै आएका छौं कि भिसा अवधि उल्लंघन गर्ने र पर्याप्त जाँच प्रक्रिया बिना अमेरिका प्रवेश गर्ने व्यक्तिहरू हाम्रो सुरक्षामा खतरा बन्न सक्छन्। यस्तो अवस्था अब सह्य हुने छैन।”

उनले थपे, “२१औं शताब्दीमा हामी विश्वका अस्थिर स्थानहरूबाट आएका आप्रवासीहरूमार्फत एकपछि अर्को आतंकवादी आक्रमण भोगिरहेका छौं। अमेरिका अब अझ कडा कदम चाल्दैछ।”

विशेषगरी अफगानिस्तानबाट सबैभन्दा बढी प्रभावित हुने अनुमान गरिएको छ, जहाँ अध्ययनको शैक्षिक भिसा लिएर अमेरिका जाने विद्यार्थीकै करिब २९ प्रतिशतले भिसा अवधि नाघ्ने गरेको तथ्यांक ट्रम्पले प्रस्तुत गरेका छन्।

इरान, लिबिया, सोमालिया र यमनजस्ता देशहरूमाथि पनि ट्रम्पले सुरक्षा चुनौती प्रस्तुत गर्दै अमेरिकामा उनीहरूका नागरिकहरूको खुला आगमनलाई रोक्नु आवश्यक रहेको बताए।

उनले निष्कर्षमा भनेका छन्, “हामी हाम्रो देश सुरक्षित राख्न प्रतिबद्ध छौं। हाम्रा ढोका ती व्यक्तिका लागि बन्द छन्, जसबाट जोखिम छ। कुनै पनि मूल्यमा अमेरिकाको सुरक्षा सुनिश्चित गर्न यो आवश्यक कदम हो।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.