काठमाडौं — नागरिकता विहिन संघर्ष समिति नेपालले राज्य व्यवस्था तथा सुशासन समितिमा नागरिकता विधेयक २०८० लाई तत्काल पारित गर्न माग गर्दै ज्ञापनपत्र पेश गरेको छ। राजधानीको नयाँबानेश्वरस्थित संसद सचिवालयमा समितिका सभापति रामहरि खतिवडा समक्ष बुझाइएको उक्त ज्ञापनमा विधेयकको ढिलाइले हजारौं नागरिकता विहिन नेपालीहरू अन्योलमा परेको उल्लेख गरिएको छ।
पीडितहरूका मुख्य समस्या:
ज्ञापनपत्रमा उल्लेख गरिएका प्रमुख समस्याहरू निम्न प्रकार छन्:
मृतक आमाबाबुको सन्तानले नागरिकता लिन नसक्ने स्थिति।
बुबाको नाममा मात्र नागरिकता आएर आमाको नभएको समस्या।
२०६३ सालअघिको प्रमाण भए पनि नागरिकता नपाएको गुनासो।
गरिबीका कारण दस्तावेज नबुझाउन पाएकोले नागरिकता नपाउने अवस्था।
आमाको नाममा नागरिकता आएर बुबाको नआएको स्थिति।
बुबा–आमा दुबै नेपाली भए पनि सन्तानले नागरिकता नपाएको अवस्था।
काका–काकीको मात्र नागरिकता रहेकाले समस्या झन जटिल भएको।
त्यस्तै, आमा नेपाली, बुबा विदेशी भइ पनि सन्तान नेपालमै जन्मिएर २६ वर्ष बसीसकेको अवस्थामा पनि नागरिकता नदिएको भन्दै चिन्ता व्यक्त गरिएको छ।
माग र सिफारिस:
संघर्ष समितिले विशेषगरी २६ वर्ष उमेर पुगेका र नेपालमै बसोबास गर्दै आएका बुबा विदेशी र आमा नेपाली भएका सन्तानलाई नागरिकता दिनुपर्ने स्पष्ट व्यवस्था विधेयकमा राख्न आग्रह गरेको छ।
उनीहरूले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति तथा सदस्यहरूलाई नागरिकताको संवेदनशीलतालाई मध्यनजर गर्दै चाँडो निर्णय गर्न अनुरोध गरेका छन्। समितिको सिफारिस र अदालती आदेशअनुसार विधेयकले जिल्ला प्रशासन कार्यालयलाई नागरिकता दिने अधिकार दिने प्रस्तावलाई समर्थन गर्न आह्वान गरिएको छ।
Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.
Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.
KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.
Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.
Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.
Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.
Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.
Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.