काठमाडौं । संयुक्त राष्ट्रसंघअन्तर्गतको लिविया मिसनमा खटिएको नेपाली शान्ति सेनामा नियमित अदलीबदली गरिएको छ।
स्पेसल गार्ड युनिटमा कार्यरत भगवती प्रसाद गुल्मको छैठौं टोलीलाई फिर्ता गरी, त्यसको स्थानमा भैरवीदल गुल्मको सातौं टोली खटाइएको हो।
नयाँ टोलीमा समावेश ११५ जना सैनिकहरू सेनानी रामकृष्ण बस्नेतको नेतृत्वमा जेठ १९ गते लिविया प्रस्थान गरेका छन्। उनीहरूले त्यहाँ शान्ति स्थापनाको लागि संयुक्त राष्ट्रसंघले तोकेको जिम्मेवारी सम्हाल्नेछन्।
यता, कार्यकाल सकिएपछि छैठौं डफ्फाका ११५ जना शान्ति सैनिकहरू प्रमुख सेनानी विश्वनाथ तिमल्सिनाको नेतृत्वमा जेठ २० गते स्वदेश फर्किएका छन्।
हाल लिवियामा सो मिसन अन्तर्गत नेपाली सेनाका २३२ जना सैनिकहरूले आफ्नो सेवा प्रदान गरिरहेका छन्।