काठमाडौं । नेपाली कांग्रेसका नेता गुरु बरालले पार्टी अहिले गम्भीर विवाद, अन्योल र अस्थिरताको भुमरीमा फसेको बताएका छन् । नेपाल न्यूज बैंकसँगको विशेष कुराकानीमा उनले पार्टीभित्रको आन्तरिक कलह र विभाजनले प्रजातान्त्रिक व्यवस्था मात्र नभई मुलुकको राष्ट्रियता र सार्वभौमसत्तामाथि नै गम्भीर खतरा उत्पन्न हुन सक्ने चेतावनी दिएका हुन् ।
पार्टीको वर्तमान अवस्थाप्रति चिन्ता व्यक्त गर्दै नेता बरालले विगत ८–१० महिनादेखि कांग्रेसलाई यो संकटबाट निकाल्ने प्रयास भइरहेको जानकारी दिए । ‘नेपाली कांग्रेस विभाजित हुँदा हिजोका दिनमा व्यवस्थामाथि अप्ठ्यारो परेको थियो, तर अहिले त्योभन्दा विषम परिस्थिति छ,‘ उनले भने, ‘कांग्रेस विभाजन भएर कमजोर भयो भने राष्ट्रियतामाथि काला बादलहरू मडारिने संकेत देखिँदैछ । त्यसैले नेतृत्व तहबाट पार्टी एक गराउने सही कदमको हामी प्रतीक्षा गरिरहेका छौँ ।’
नेता बरालले पार्टीको वर्तमान नेतृत्व, विशेषगरी सभापति गगन थापा र उनको समूहमाथि गम्भीर आरोप लगाएका छन् । उनले पार्टीलाई गोलचक्करमा फसाएको र आत्मबोधको कमीका कारण मुलुक नै गतिहीन र गन्तव्यहीन बनेको तर्क गरे ।
उनले भने, ‘हामी विभाजित हुँदा यो देशको मेरुदण्ड मानिएको नेपाली कांग्रेस कमजोर भएको छ । मेरुदण्ड नै कमजोर भएपछि न व्यवस्था बलियो हुन्छ, न राष्ट्रियता’ पार्टीको क्रियाशील सदस्यता विवादका सम्बन्धमा उनले कडा टिप्पणी गरे । सभापति थापाले जनकपुरमा आयोजित एक कार्यक्रममा आवेगमा आएर सम्पूर्ण क्रियाशील सदस्यता खारेज गर्ने घोषणा गर्नुलाई उनले हुकुमी शैलीको संज्ञा दिए ।
कांग्रेसको विधान अनुसार नेतृत्वमा पुग्न निश्चित वर्षको निरन्तर क्रियाशील सदस्यता चाहिने व्यवस्था उल्लेख गर्दै उनले भने, ‘क्रियाशील सदस्य कसैले खारेज गरेर खारेज हुँदैनन् । यदि सबै खारेज भएको मान्ने हो भने नेतृत्वकै १५ वर्षे निरन्तरतामा प्रश्न उठ्छ र उहाँहरू आफैँ पनि खारेज हुनुहुन्छ ।’ अहिले अद्यावधिकका नाममा देशभर आतंक सिर्जना गरिएको उनको ठहर छ ।
बरालले कांग्रेस अहिले विपी कोइरालाको आदर्श र विपी–वादबाट विमुख भएकोमा पनि रोष प्रकट गरे । सरकारका जनविरोधी गतिविधि, शिक्षा र स्वास्थ्यमा लगाइएको कर र राष्ट्रियताका सवालमा कांग्रेसको आवाज कमजोर भएको उनको दाबी छ । ‘सानेपामा नेतृत्व गर्ने साथीहरू सरकारका साझेदार हुन् कि दर्शक मात्र हुन् भन्ने छुट्याउन गाह्रो भएको छ,‘ उनले थपे, ‘संसद्मा कांग्रेसको आवाज सत्ताको छायाँ जस्तो देखिएको छ ।’
नेता बरालले १५औँ महाधिवेशनका लागि चुनदेवीमा सम्पर्क कार्यालय खोल्नुलाई नयाँ पार्टी खोल्ने तयारीका रूपमा नलिन आग्रह गरेका छन् । उनले यो केवल समान विचार भएका साथीहरूबीचको तयारी मात्र भएको प्रष्ट पारे ।
तथापि, सार्थक संवादको अभावमा पार्टी एकता संकटमा परेको उनले स्वीकार गरे । नेतृत्वले तीन लाइनको इमानदार वक्तव्य निकालेर विपी–वादमा फर्कने र अधिवेशनको विश्वसनीय वातावरण बनाउने प्रतिबद्धता जनाए मात्र समस्या समाधान हुने उनको विश्वास छ ।
पार्टी नेतृत्वको भविष्यका बारेमा बोल्दै बरालले कांग्रेससँग अनुभवी र निष्कलङ्क नेताहरूको कमी नभएको बताए । उनले डा. शशाङ्क कोइराला, डा. शेखर कोइराला, पूर्ण बहादुर खड्का, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कृष्ण सिटौला जस्ता नेताहरूलाई डिजिटल लोकप्रियताको नाममा बदनाम गराउने प्रयास भइरहेको बताए । उनले भने, ‘केही वर्षदेखि पुराना नेताहरूलाई कुरुप बनाउने र बदनाम गर्ने भाष्य स्थापित गर्न खोजिएको छ, जुन यथार्थ होइन । केवल डिजिटल लोकप्रियताले मात्र देश चल्दैन ।’
नेता बरालले कांग्रेसका सबै तहका नेता र कार्यकर्तालाई जिम्मेवार बन्न र आत्मसमीक्षा गर्न अपिल गरेका छन् । चरम महत्त्वाकांक्षा र उक्साहटमा लागेर पार्टीलाई कमजोर बनाउनुभन्दा देशको लोकतन्त्र र राष्ट्रियता रक्षाका लागि एक ठाउँमा उभिनुको विकल्प नभएको उनले बताए ।
नेतृत्वले सार्थक वार्ताको तत्परता देखाएमा र विपीका आदर्शलाई पुनः स्थापित गरेमा मात्र कांग्रेसले आफ्नो ऐतिहासिक भूमिका निर्वाह गर्न सक्ने उनले बताए ।
पार्टी नेतृत्वको हठले व्यवस्था र राष्ट्रियता नै जोखिममा
नेता बरालले पार्टी नेतृत्वको अदूरदर्शिता र घमण्डका कारण पार्टी मात्र नभई मुलुकको व्यवस्था र राष्ट्रियता नै गम्भीर संकटमा परेको बताएका छन् । उनले पार्टीभित्रको आन्तरिक कलह र नेतृत्वको गैरजिम्मेवारीपनले विदेशी शक्तिहरूलाई चलखेल गर्ने मौका मिलेको दाबी गरे ।
उनले विशेष महाधिवेशन र त्यसपछिका कानुनी प्रक्रियाहरू बदनियतपूर्ण भए तापनि कानुनी राज्यको सम्मान गर्दै आफूहरूले गगन थापालाई सभापति स्वीकार गरेको प्रष्ट पारे । तर, सबै पक्षलाई समेटेर पार्टीलाई एक ढिक्का बनाउने मुख्य जिम्मेवारी नेतृत्वकै भएको उनको तर्क छ । ‘हिजो शेरबहादुर देउवा र सुशील कोइरालाले हरेक निर्णय सर्वसम्मत गर्थे, तर अहिलेको नेतृत्वको जिद्घीपन र घमण्डले पार्टी र मुलुक दुवैलाई अप्ठ्यारोमा पारेको छ,‘ उनले भने ।
नेता बरालले पार्टी एकताका लागि आफूहरू पद त्याग गर्न समेत तयार रहेको बताए । उनले भने, ‘पार्टी मिल्छ भने हामी पद छोडेर बाहिर बस्न तयार छौँ, तर नेतृत्वले संवादका नाममा कहिले मेची–महाकाली त कहिले औंशी–पूर्णिमाको बहाना गरेर पन्छिन खोजिरहेको छ ।’ उनले कांग्रेसका ४६ प्रतिशत असन्तुष्ट जनमत र चार पुस्ताको लगानीलाई उपेक्षा गरेर पार्टी अगाडि बढ्न नसक्ने चेतावनी दिए ।
वैचारिक विचलनको मुद्दा उठाउँदै बरालले विपीको प्रजातान्त्रिक समाजवादलाई छाडेर सामाजिक लोकतन्त्रको बाटो समात्नुले पार्टीलाई थप कमजोर बनाएको उल्लेख गरे । संसद्मा कांग्रेसको भूमिका निरीह र लाचार देखिएको टिप्पणी गर्दै उनले नेतृत्व सत्ता साझेदारको सहयात्री जस्तो मात्र देखिएको आरोप लगाए ।
हाल उपचारका क्रममा विदेशमा रहेका शेरबहादुर देउवा करिब एक सातामा स्वदेश फर्किने जानकारी दिँदै बरालले देउवासँग आफू निरन्तर सम्पर्कमा रहेको बताए । उनले समयमै नेतृत्वले आत्मसमीक्षा नगरे कांग्रेस र देश दुवै ठूलो दुर्घटनातर्फ धकेलिन सक्ने आशंका व्यक्त गरे ।
Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.
Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.
KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.
Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.
Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.
Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.
Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.
Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.