×

ऊर्जा क्षेत्रले अब अर्थतन्त्रको नेतृत्व गर्न सक्छ : सांसद पराजुली

खालीपाना न्युजडेस्क | ३ घण्टा अगाडि

काठमाडौं, २९ जेठ — प्रतिनिधिसभा सदस्य भरत प्रसाद पराजुलीले नेपालको ऊर्जा क्षेत्र देशको आर्थिक रूपान्तरणको मुख्य आधारका रूपमा स्थापित भइसकेको बताएका छन्। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (IPPAN) को २४औँ वार्षिक साधारणसभा तथा ८औँ अधिवेशनलाई सम्बोधन गर्दै उनले निजी क्षेत्रकै अग्रसरताले नेपाललाई लोडसेडिङको युगबाट विद्युत निर्यात गर्ने अवस्थामा पुर्‍याएको बताएका हुन्।
उनले राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको कुल विद्युत उत्पादनमध्ये करिब ८० प्रतिशत निजी क्षेत्रबाट उत्पादन भइरहेको उल्लेख गर्दै आगामी केही वर्षभित्र नेपाल १० हजार मेगावाटभन्दा बढी उत्पादन क्षमतामा पुग्ने आधार तयार भइसकेको बताए। जलविद्युत क्षेत्रले उद्योग, कृषि, रोजगारी, विदेशी मुद्रा आर्जन र व्यापार घाटा न्यूनीकरणमा महत्वपूर्ण योगदान पुर्‍याउने उनको भनाइ थियो।
सांसद पराजुलीले ऊर्जा उद्यमीहरूले जग्गा प्राप्ति, वातावरणीय स्वीकृति, वन क्षेत्र प्रयोग अनुमति, प्रसारण लाइन निर्माण तथा विद्युत खरिद सम्झौता (PPA) लगायतका विभिन्न प्रशासनिक र नीतिगत अवरोध झेल्दै आएको उल्लेख गरे। उत्पादन सम्पन्न भएका आयोजनासमेत प्रसारण पूर्वाधार अभावका कारण पूर्ण क्षमतामा सञ्चालन हुन नसकेको उनले बताए।
सरकार ऊर्जा क्षेत्रका समस्या समाधान र सम्भावनाको उपयोगमा गम्भीर रहेको उल्लेख गर्दै उनले आगामी १० वर्षमा ३० हजार मेगावाट विद्युत उत्पादन गर्ने राष्ट्रिय लक्ष्यसहित सरकार अघि बढिरहेको जानकारी दिए। सो लक्ष्य उत्पादन वृद्धिसँगै रोजगारी सिर्जना, औद्योगिकीकरण र आर्थिक समृद्धिसँग जोडिएको उनले बताए।
उनले विद्युत ऐनमार्फत लगानीमैत्री कानुनी व्यवस्था, PPA सम्बन्धी स्पष्ट नीति, वन तथा वातावरणीय स्वीकृति प्रक्रियामा सहजीकरण, प्रसारण लाइन विस्तार तथा अन्तरदेशीय विद्युत व्यापार विस्तारका लागि सरकारले आवश्यक पहल गरिरहेको बताए।
पराजुलीले अब ऊर्जा क्षेत्रले विद्युत उत्पादनमा मात्र सीमित नभई हरित हाइड्रोजन, ऊर्जा आधारित उद्योग, डेटा सेन्टर, विद्युतीय यातायात तथा क्षेत्रीय बजारमा विद्युत निर्यात विस्तारतर्फ ध्यान केन्द्रित गर्नुपर्ने धारणा राखे।
अधिवेशनको सफलताको शुभकामना व्यक्त गर्दै उनले ऊर्जा क्षेत्रका बाँकी नीतिगत तथा कानुनी जटिलता समाधानका लागि सरकार र निजी क्षेत्रबीचको सहकार्य अझ सुदृढ हुने विश्वास व्यक्त गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.