×

रास्वपा गण्डकी अधिवेशन: सभापतिमा राजन गौतम र नवीन त्रिपाठीबीच रोचक प्रतिस्पर्धा, कार्यकर्तामाझ समय दिन सक्ने नेतृत्वको बहस

खालीपाना न्युजडेस्क | २ घण्टा अगाडि

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गण्डकी प्रदेशको प्रथम प्रदेश अधिवेशन नजिकिँदै जाँदा प्रदेश नेतृत्व चयनलाई लिएर राजनीतिक सरगर्मी बढेको छ। प्रदेश सभापति पदका लागि केही नेताहरूले आकांक्षा देखाए पनि संगठनभित्रको प्रभाव, कार्यकर्तामाझको पहुँच र नेतृत्व क्षमताका आधारमा नवीन त्रिपाठी र राजन गौतमबीच मुख्य प्रतिस्पर्धा हुने चर्चा व्यापक रूपमा हुन थालेको छ।
पार्टीको प्रदेश संगठन निर्माण र विस्तारमा सक्रिय भूमिका निर्वाह गरेका राजन गौतमलाई अनुभवी तथा संगठनभित्र राम्रो नेटवर्क भएका नेताका रूपमा हेरिएको छ तर एक ब्यक्ति एक पद र अबको मन्त्रीपरिषदमा मन्त्रीबन्न सक्ने भएकाले प्रदेश र स्थानीय निर्वाचन र संगठनमा समय दिन नसक्ने बुझाई कार्यकर्ताको रहेको छ।
यता नवीन त्रिपाठीको पक्षमा भने पछिल्लो समय कार्यकर्ताहरूको सक्रियता बढ्दै गएको देखिएको छ। प्रदेश संगठनलाई पूर्ण समय दिन सक्ने नेतृत्व आवश्यक रहेको तर्क गर्दै कार्यकर्ताको एक समूह त्रिपाठीको पक्षमा खुल्न थालेको बताइन्छ। आगामी स्थानीय तह निर्वाचनको तयारी, संगठन विस्तार, प्रशिक्षण तथा विभागीय संरचना सुदृढीकरणका लागि प्रदेश नेतृत्व निरन्तर संगठनमै केन्द्रित हुनुपर्ने भएकाले पूर्णकालीन नेतृत्वको आवश्यकता रहेको उनीहरूको भनाइ छ।
पार्टीभित्रको छलफलमा संघीय संसद र राष्ट्रिय राजनीतिक जिम्मेवारीमा रहेका नेताहरूको व्यस्तताका कारण प्रदेश संगठनले अपेक्षित गति लिन नसक्ने तर्कसमेत उठ्न थालेको छ। यही आधारमा नवीन त्रिपाठीलाई प्रदेश संगठनको नेतृत्वका लागि उपयुक्त विकल्पका रूपमा प्रस्तुत गर्ने प्रयास भइरहेको देखिन्छ। प्रतिनिधि सभामा टिकट सम्म नपाएका नबिनलाई प्रदेश सभापति बनाए संगठनले गति र नबिनले न्याय पाउने बुझाई कार्यकर्तामा देखिन्छ
यद्यपि प्रतिस्पर्धा केवल दुई नेतामा मात्र सीमित छैन। डा. हरि कार्कीसहित केही अन्य नेताहरूले पनि सभापति पदमा आकांक्षा व्यक्त गरेका छन्। उनीहरूले आफूलाई वैकल्पिक नेतृत्वका रूपमा प्रस्तुत गर्ने प्रयास गरिरहेका छन्। तर हालसम्मको आन्तरिक समीकरण, जिल्ला तहका प्रतिनिधिहरूसँगको सम्बन्ध र संगठनात्मक प्रभावका आधारमा उनीहरू मुख्य प्रतिस्पर्धाभन्दा केही पछाडि रहेको विश्लेषण पार्टीभित्र भइरहेको छ।
महामन्त्री, उपसभापति तथा अन्य पदहरूमा पनि आकांक्षीहरूको संख्या उल्लेख्य देखिएको छ। विभिन्न जिल्लाबाट प्रतिनिधित्व गर्ने नेताहरूले आफ्नो दाबी प्रस्तुत गरिरहेका छन् भने अधिवेशन नजिकिँदै जाँदा नयाँ समीकरणहरू बन्ने सम्भावना पनि उत्तिकै रहेको छ।
रास्वपाले देशभर प्रदेश अधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्ने प्रक्रिया अघि बढाइरहेका बेला गण्डकी प्रदेशको नेतृत्व चयनलाई विशेष चासोका साथ हेरिएको छ। संगठन निर्माणमा योगदान, कार्यकर्तामाझको स्वीकार्यता, प्रदेशलाई दिन सक्ने समय र आगामी निर्वाचनको तयारीलाई आधार मानेर नेतृत्व चयन हुने अपेक्षा गरिएको छ।
अहिलेसम्मको अवस्था हेर्दा नवीन त्रिपाठी र राजन गौतमबीच मुख्य प्रतिस्पर्धा हुने संकेत देखिए पनि अन्य आकांक्षीहरूको सक्रियताले अन्तिम परिणामलाई थप रोचक बनाउने निश्चित छ। गण्डकी प्रदेश अधिवेशनले रास्वपाको प्रदेश राजनीतिमा नयाँ नेतृत्व र नयाँ शक्ति सन्तुलन तय गर्ने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.