×

फिफा विश्वकप : समूह ‘एफ’ मा नेदरल्यान्ड्सलाई जापान, स्विडेन र ट्युनिसियाबाट चुनौती

खालीपाना न्युजडेस्क | १५ घण्टा अगाडि

काठमाडौं । सधैं विश्व फुटबलको दाबेदार टोलीमध्ये गनिने नेदरल्यान्ड्सले यसपटकको विश्वकपमा आफ्नो दशकौं लामो उपाधि प्रतीक्षाको अन्त्य गर्ने लक्ष्य राखेको छ । तीन पटक विश्वकप फाइनल पुगेर पनि उपाधि जित्न नसकेको यो डच टोलीका लागि उत्तर अमेरिकामा हुने विश्वकप २०२६ अर्को ठूलो अवसर बनेको छ ।

समूह ‘एफ’ मा रहेको नेदरल्यान्ड्सले जापान, स्विडेन र ट्युनिसियासँग प्रतिस्पर्धा गर्नेछ । कागजमा हेर्दा डच टोली समूह विजेताको प्रमुख दाबेदार देखिए पनि जापान, स्विडेन र ट्युनिसियाले उसलाई सहज यात्रा गर्न नदिने संकेत गरेका छन् ।

सन् १९७४, १९७८ र २०१० मा फाइनल पुगे पनि उपाधि जित्न नसकेको नेदरल्यान्ड्स यसपटक प्रशिक्षक रोनाल्ड कोम्यानको नेतृत्वमा विश्व च्याम्पियन बन्ने लक्ष्यसहित मैदानमा उत्रनेछ ।

भर्जिल भान डाइक, रायन ग्राभेनबर्च, टिजानी रेन्डर्स र कोडी गाक्पोजस्ता स्टार खेलाडीको उपस्थितिले डच टोलीलाई बलियो बनाएको छ । युरोपेली फुटबलमा लगातार प्रतिभाशाली खेलाडी उत्पादन गर्दै आएको नेदरल्यान्ड्सलाई फेरि एकपटक उपाधि दाबेदारका रूपमा हेरिएको छ ।

विश्वकपमा लगातार आठौं सहभागिता जनाउन लागेको जापान एसियाकै सबैभन्दा सफल टोलीमध्ये एक हो । विश्वकप २०२६ का लागि छनोट हुने पहिलो टोली बनेको जापानले चार वर्षअघि कतारमा जर्मनी र स्पेनलाई हराएर विश्व फुटबललाई चकित पारेको थियो । युरोपका विभिन्न लिगमा खेलिरहेका जापानी खेलाडीहरूको अनुभवले टोलीलाई बलियो बनाएको छ । यद्यपि जापानले अहिलेसम्म विश्वकपको अन्तिम १६ भन्दा माथिको यात्रा तय गर्न सकेको छैन । यसपटक त्यो इतिहास बदल्ने लक्ष्य टोलीको हुनेछ ।

युरोपेली छनोटमा संघर्ष गरेपछि नेशन्स लिगको प्रदर्शनका आधारमा प्लेअफमा पुगेको स्विडेनले युक्रेन र पोल्यान्डलाई हराउँदै विश्वकपको टिकट सुरक्षित गरेको थियो ।

एलेक्जेन्डर इसाक, भिक्टर ग्योकरेस, लुकास बर्गभाल र एन्थोनी इलाङ्गाजस्ता स्टार खेलाडीले स्विडेनलाई खतरनाक टोली बनाएका छन् । प्रशिक्षक ग्राहम पटरको नेतृत्वमा टोलीले १९९४ मा अमेरिका विश्वकपमा सेमिफाइनल पुगेको स्मरण दोहोर्याउने आशा गरेको छ ।

विश्वकपमा सातौं सहभागिता जनाउन लागेको ट्युनिसियाको मुख्य लक्ष्य पहिलो पटक समूह चरण पार गर्नु हो । कतार विश्वकपमा फ्रान्सलाई हराए पनि नकआउट चरण पुग्न असफल भएको टोली यसपटक त्यो कमी पूरा गर्न चाहन्छ ।

अफ्रिका कप अफ नेशन्सपछि प्रशिक्षक परिवर्तन गरेको ट्युनिसियाले साब्री लामौचीलाई जिम्मेवारी दिएको छ । युवा खेलाडी खालिल अयारी टोलीका प्रमुख आकर्षणमध्ये एक मानिएका छन् ।

नेदरल्यान्ड्स समूहको सबैभन्दा बलियो टोली देखिए पनि जापानको अनुशासित खेल, स्विडेनको युरोपेली अनुभव र ट्युनिसियाको संघर्षशील शैलीले समूह ‘एफ’ लाई विश्वकपका सबैभन्दा प्रतिस्पर्धात्मक समूहहरूमध्ये एक बनाएको छ । डच टोली उपाधि यात्रातर्फ अघि बढ्न चाहन्छ भने अन्य तीन टोली आफ्नो क्षमता प्रमाणित गर्दै अर्को चरणमा पुग्ने लक्ष्यमा हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.