काठमाडौं । मेगा कलेजका प्राचार्य एवम प्रमुख डा.घनश्यामप्रसाद साहले अध्ययन–अनुसन्धान, कानुन तथा कर (ट्याक्स) सम्बन्धी विषयलाई केन्द्रमा राखेर अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्न लागेको बताएका छन् । उनले डिजिटल अर्थतन्त्र र दिगो विकासलाई पनि प्राथमिकता दिएको प्रष्ट पारे ।
डा. साहले सम्मेलन आगामी जेठ १ र २ गते कलेज परिसरमा अन्तर्राष्ट्रिय सम्मेलन आयोजना हुने जानकारी लिए । सम्मेलनमार्फत आएको निष्कर्षले मुलुकको नीति निर्माणमा सहयोग पुग्न विश्वास व्यक्त गरे ।
उनले भने, ‘अन्तर्राष्ट्रिय सम्मेलनका लागि कानुन तथा ट्याक्ससँग सम्बन्धित इस्यूज तथा रिसर्चहरु गरेको छौं । सार्क राष्ट्रका जतिपनि प्रोफेसर, अध्ययन वा अनुसन्धानकर्ताहरूलाई एकै पटक बोलाएर सम्मेलन गर्न लागे हौं । उहाँहरुले गर्नुभएको अनुसन्धानहरु हाम्रा लागि उपयोगी हुनेछन् ।’
त्यस्ता अनुसन्धानले सरकारका कमीकमजोरी औंल्याउने र नीति निर्माणमा सुधार गरेर लैजान प्रेरित गर्ने अपेक्षा गरिएको उनले बताए ।
उनका अनुसार मेगा कलेजमा पढ्ने विद्यार्थीहरु एजुकेशनमा मात्र नभइ एजुकेशनलाई मार्केटसँग जोड्नुपर्छ र त्यसमा अनुसन्धानले ठूलो भूमिका खेल्नेछ ।
सम्मेलनमा नेपालकै अनुसन्धानकर्ता, भारतका धेरैजसो विश्वविद्यालयका अनुसन्धानकर्ता, सार्क देशका अनुसन्धानकर्ताहरुको उपस्थिति रहने जानकारी दिए ।
उनका अनुसार सम्मेलनले विद्यार्थीहरुलाई प्रतिस्पर्धी बनाउनु, बजारमा राम्रो जागिर पाउनु र उद्यमशिलता गराउन प्रेरित गर्नेछ ।
उनले भने ‘यसअघि भएको अन्तर्राष्ट्रिय सम्मेलनले मार्केटमा विद्यार्थीहरुले राम्रो अवसर पाएका थिए ।’ आफ्ना कलेजका विद्यार्थीहरु राष्ट्रिय वा अन्तर्राष्ट्रिय बजारमा फिट गराउनका लागि पनि सम्मेलनको आवश्यक्ता भएको उनको भनाइ थियो ।
सम्मेलनले नीति निर्माणमा सहयोग पुग्नुे, अर्थतन्त्रमा टेवा पुग्ने र दिगो विकासमा सहयोग पुर्याउने विश्वास उनले व्यक्त गरे । उनले सम्मेलनका लागि अनुमानित ५ देखि १० लाख रुपैयाँ बजेट लाग्ने र सम्पूर्ण खर्च कलेजले नै व्यवस्थापन गर्ने जानकारी दिए ।
सम्मेलनमा विभिन्न सेसनहरु हुने र त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डा.डिल्लीराज शर्माले प्रमुख आथित्यता ग्रहण गर्नेछन् । कलेजले समकालीन वाणिज्यका मुद्दाहरुसँग सम्बन्धित दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन गर्न लागेको हो ।
नेपाल कमर्श एसोसिएसनसँगको सहकार्यमा मेगा कलेजले सम्मेलन गर्न लागेको हो । सम्मेलनमा नवप्रवर्तन, दिगोपन र विश्वव्यापी प्रतिस्पर्धासँग जोडिएका विषयमा विज्ञहरुले प्रवचन तथा प्रस्तुति दिनेछन् ।
सम्मेलनमा नेपाल र भारतसहित विभिन्न देशका प्राध्यापक, व्यवस्थापनविद्, नीति निर्माता तथा विद्यार्थीहरुको सहभागिता रहनेछ । सम्मेलनमा तीव्र गतिमा परिवर्तन भइरहेको विश्व अर्थतन्त्र, प्रविधिको विकास, दिगो विकासको आवश्यकता र अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको सन्दर्भमा व्यापार तथा व्यवस्थापन क्षेत्रले भोगिरहेका चुनौती र सम्भावनाबारे गहिरो विमर्श हुनेछ ।
सम्मेलन मुख्यतः उद्योग, व्यापार, वाणिज्यजस्ता क्षेत्रमा विश्वभर चलेको ट्रेन्डको अध्ययन गर्न, नेपालजस्तो देशले लिनुपर्ने नीतिको फ्रेमवर्क तयार पार्न तथा अनुसन्धानकर्ताहरुको ज्ञानका दृष्टिले निकै महत्वपूर्ण मानिएको छ ।
यसअघि मेगा कलेज कुमारीपाटीले सन् २०१९ मा पनि व्यवस्थापनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरेको थियो ।
यसपटक सम्मेलनअन्तर्गत रणनीतिक व्यवस्थापन र नेतृत्व, डिजिटल रूपान्तरण तथा नवप्रवर्तन, बजार व्यवस्थापन र उपभोक्ता व्यवहार, वित्त तथा दिगोपन, उद्यमशीलता र साना तथा मझौला उद्योग, मानव संसाधन व्यवस्थापन, अन्तर्राष्ट्रिय व्यापार तथा आर्थिक नीति, हरित अर्थतन्त्र र जिम्मेवार व्यवसाय, साथै कर तथा कानुनी पक्षजस्ता विविध विषयमा शोत्रपत्र र कार्यपत्रहरु प्रस्तुत एवं छलफल हुनेछ ।
सम्मेलनबाट विशेषगरी अनुसन्धानकर्ता, प्राध्यापक, उद्योगी–व्यवसायी, नीति निर्माता तथा स्नातकोत्तर तहका विद्यार्थीहरू लाभान्वित हुने अपेक्षा गरिएको छ ।
Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.
Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.
KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.
Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.
Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.
Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.
Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.
Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.