×

बंगलादेश–नेपाल संयुक्त सेमिनार सम्पन्न

खालीपाना न्युजडेस्क | ६ महिना अगाडि

 

ढाका । बंगलादेश र नेपालको फोटो पत्रकारितामा सडक आन्दोलन तथा जनउठानको विषयमा केन्द्रित ‘सडकमा फोटोग्राफर’ शीर्षकको अन्तर्राष्ट्रिय सेमिनार आज ढाकास्थित प्रेस इन्स्टिच्युट बंगलादेशमा सम्पन्न भएको छ । कार्यक्रममा दुवै देशका अग्रणी फोटो पत्रकार, सञ्चारकर्मी तथा सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

सेमिनारको उद्घाटन सत्रमाका महानिर्देशक फरक बासिफले स्वागत मन्तव्य राख्दै फोटो पत्रकारिताले लोकतान्त्रिक अभ्यासमा महत्त्वपूर्ण भूमिका खेलेको बताए । त्यसपछि बंगलादेश जर्नालिस्ट वेलफेयर ट्रस्टका प्रबन्ध निर्देशक बशिर जमालले प्रमुख वक्ताको रूपमा सम्बोधन गर्दै संकटका बेला सत्य र यथार्थ चित्रणमा फोटो पत्रकारहरूको जिम्मेवारी अझ बढ्ने उल्लेख गरे ।

कार्यक्रम अन्तर्गत आयोजित प्यानल छलफलमा बंगलादेश फेडरल युनियन अफ जर्नालिस्ट्सका महासचिव कादेर गनी चौधुरी, बंगलादेश फोटो जर्नालिस्ट्स एसोसिएसनका अध्यक्ष ए.के.एम. मोहसिन, राष्ट्रिय फोटो पत्रकार समूह नेपालका अध्यक्ष प्रदीप राज वन्त, बीपीजेएका महासचिव बाबुल तालुकदार तथा जतीय प्रेस क्लबका प्रतिनिधिले आ–आफ्ना अनुभव र दृष्टिकोण प्रस्तुत गरेका थिए । वक्ताहरूले सडक आन्दोलनका क्रममा फोटो खिच्दा आउने जोखिम, नैतिकता, प्रेस स्वतन्त्रता तथा सुरक्षा चुनौतीबारे गहन छलफल गरेका थिए ।

खुला छलफल सत्रमा नेपाल र बंगलादेशका सहभागीहरूले फोटो पत्रकारितामा सहकार्य, अनुभव आदान–प्रदान र क्षमता अभिवृद्धिको आवश्यकता औँल्याए । समापन सत्रमाका महानिर्देशक फरक बासिफले सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्दै भविष्यमा पनि यस्ता सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाए ।

नेपाल र बंगलादेशबीच फोटो पत्रकारितामा विगत दुई दशकभन्दा बढी समयदेखि रहँदै आएको सहकार्यलाई थप मजबुत बनाउने उद्देश्यका साथ आयोजित उक्त सेमिनारले अनुभव आदान–प्रदान तथा व्यावसायिक सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पु¥याएको सहभागीहरूले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.