भदौ २१ –
अमेरिकाले अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि लागु हुने भिसा तथा बसाइसम्बन्धी नियममा कडा परिवर्तन ल्याउने तयारी गरेको छ। यसले खासगरी अमेरिका अध्ययनका लागि जाने र हाल त्यहाँ रहेका विद्यार्थीहरूलाई प्रत्यक्ष असर पार्ने देखिएको छ।
नयाँ प्रस्तावित कानुनी नियमहरू अनुसार अब विद्यार्थीहरूले अधिकतम ४ वर्षसम्म मात्र बस्न पाउने छन्, जुन हालको व्यवस्था अनुसार ‘कोर्ष नसकिँदासम्म बस्न पाइने’ सुविधाभन्दा धेरै कडा हो।
न्यूयोर्कमा बस्दै आएका कानुनी सल्लाहकार वासु फुलाराका अनुसार अमेरिकी सरकारको आप्रवासन विभाग (USCIS) ले बनाएको यो नियमको मस्यौदा अहिले सार्वजनिक प्रतिक्रिया संकलनका लागि राखिएको छ।
सेप्टेम्बर २९ भित्र आम नागरिकबाट नयाँ कानुनमाथि राय संकलन हुनेछ, भने USCIS का फर्मसम्बन्धी सुझाव पठाउन अक्टोबर २७ सम्मको समय दिइएको छ।
त्यसपछि, २ महिनाभित्र यी नियम लागू हुने अपेक्षा गरिएको छ।
बसाइको अवधि सीमित:
अब अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई ४ वर्षभन्दा बढी बस्न पाइने छैन। पहिले जस्तै ‘पढाइ नसकेसम्म’ बस्ने सुविधा हटाइनेछ।
कोर्स परिवर्तनमा कडाइ:
विद्यार्थीहरूले एउटा कलेज वा विषय परिवर्तन गर्नका लागि कम्तीमा एक वर्ष एउटै संस्थामा पढेको हुनुपर्नेछ।
स्नातकोत्तर तहमा भने कोर्स परिवर्तन नै रोक लगाउने प्रस्ताव छ।
तह घटाउन नपाइने:
मास्टर्सपछि डिप्लोमा जस्ता ‘डाउनवर्ड मूवमेन्ट’ अब प्रतिबन्धित हुनेछ।
मात्र उच्च तहतर्फ जान मिल्नेछ।
देश छाड्ने समय घटाइयो:
पढाइ वा तालिम सकेपछि अमेरिका छाड्नको लागि दिइने समय ६० दिनबाट घटाएर ३० दिन बनाइँदैछ।
नयाँ भिसा शुल्क:
अक्टोबरदेखि विद्यार्थी भिसा शुल्क १८५ डलरबाट बढाएर २५० डलर पुर्याइनेछ।
यसले अन्य शुल्कसहित झण्डै ४४२ डलर खर्च लाग्नेछ।
बायोमेट्रिक अनिवार्य:
बसाइ लम्ब्याउन निवेदन दिने क्रममा अनिवार्य रूपमा बायोमेट्रिक विवरण संकलन गरिनेछ।
आर्थिक आधारमा बसाइ लम्ब्याउन मिल्ने:
यदि आर्थिक संकट विश्वसनीय रूपमा देखाउन सकियो भने २४० दिनसम्म काम गर्न पाइने सुविधा दिइनेछ।
फेलोसिप/एक्सचेन्ज प्रोग्रामहरूमा पनि सीमा:
एफ, जे, आइ भिसामा आउनेको लागि पनि अब निश्चित बसाइ अवधि तोकिनेछ। पहिले जस्तो समय थप्ने सुविधा हटाइनेछ।
पुनः एउटै स्तरको पढाइ गर्न नपाइने:
अहिले जस्तो मास्टर्स सकेर फेरी डिप्लोमा वा नयाँ विषयमा पढ्न पाउने सुविधा हटाइनेछ।
‘एलोङ्गर स्टे’ का लागि विभिन्न विषय पढ्दै बस्न मिल्ने सुविधा बन्द गरिनेछ।
कानुनी प्रक्रियामा गम्भीर कडाइ:
समयमै पढाइ सुरू नगर्ने, फाइल नदिने वा नियम उल्लंघन गर्ने विद्यार्थीहरूलाई गैरकानुनी ठहरिनेछ।
यस्तो अवस्थामा ३ देखि १० वर्षसम्म अमेरिकामा प्रतिबन्ध लगाइन सक्नेछ।
सामाजिक सञ्जालको निगरानी:
विद्यार्थीहरूले सामाजिक सञ्जालमा गरेका पोस्ट, फोटो वा कमेन्ट समेत नियालिनेछ।
यसकै आधारमा भिसा निर्णयमा असर पर्नेछ।
दूतावास अन्तर्वार्ता अनिवार्य:
अब भिसा नवीकरण वा नयाँ आवेदनका लागि दूतावासमा गई अन्तर्वार्ता दिनुपर्नेछ।
ग्रीनकार्ड आवेदनमा पनि सीमा:
पढाइ सकेका विद्यार्थीले ग्रीनकार्डको लागि आवेदन दिन भिसा अवधि समाप्त हुनु अघि नै प्रक्रिया थाल्नुपर्नेछ।
फुलाराका अनुसार यी नियमहरूले अब अमेरिका बस्ने योजनामा आएका विद्यार्थीहरूलाई एउटै तह दोहोर्याएर पढ्न असम्भव बनाउनेछ। पहिलेका जस्तै अनेक कोर्ष लिएर बस्ने चलन समाप्त हुने उनको भनाइ छ।
उनले थपे, “यी सबै कडाइहरूले अमेरिकाले आप्रवासी नरोकेको तर नियमित र स्पष्ट प्रक्रिया अवलम्बन गर्न जोड दिएको बुझ्न सकिन्छ। योजना स्पष्ट र कानुनी बाटो रोजेमा अझै पनि सहजता हुनेछ।”
Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.
Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.
KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.
Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.
Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.
Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.
Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.
Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.